कञ्चनमा पालिका स्तरीय उपाध्यक्ष महिला भलिबल तथा खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु

 

कञ्चनमा पालिका स्तरीय उपाध्यक्ष महिला भलिबल तथा खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु
रुपन्देहि

रुपन्देहीको कञ्चनमा गाउँपालिका कञ्चनगाउँ पालिका स्तरीय उपाध्यक्ष महिला भलिबल तथा खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । महिला हरुलाई खेलकुदमा सहभागि गराउने तथा गाउपालिका युवाहरुलाई खेलकुदका माध्यमबाट सामाजिक कार्यमा प्रेरीत गरी लागु औषद कुलत बाट छुटाउने उदेश्यका साथ भलिबल प्रतियोगिता आयोजना गरीएको अतिथि कञ्चन गाउँपालिका उपाध्यक्ष गोमा तरामुले बताउनु भयो । रास्ट्रको लागि खेलकुद स्वास्थ्य को लागि खेलकुद नाराका साथ उपाध्यक्षकप महिला भलिबल आयोजना गरेको बताउदै यसलाई आगामि दिनमा समेत निरन्तरता दिईने बताउनु भयो । उपाध्यक्ष गोमा तरामुले खेलकुदमा कञ्चन गाउँपालिका अगाडि बढाउन भाहेको बताउनु भयो । महिला भलिवल प्रतियोगितामा ११ टिम र पुरुष खुला प्रतियोगिता ३५ टिमको सहभागिता रहेको कार्यक्रममा पुरुष भलिबलमा कपिलवस्तु रुपन्देही का विभिन्न पालिका पाल्पा अर्घाखाँची गुल्मी बाग्लुङ पर्वत रुकुम रोल्पा देखि पनि सहभागिता रहेको संगम युवा क्लवका अध्यक्ष सन्त बहादुर रानाले जानाकारी दिनु भयो । आजको उद्घाटन खेलमा महिला भलिबल तर्फ आयोजक द र हरैया माध्यमिक बिधालय बिचको खेल सोझो सेटमा हरैया माध्यमिक बिधालय जित आफ्नो हात पारेको थियोे भने पुरुष भलिबलमा कञ्चन ४ वरपिपल भलिवल समुह र सैनामैना १ वनकक्टा बिच भएको खेल मा वरपिप ले लगातार दुई सेट जितेर अगाडि को यात्रा तय गरेको छ । विजेताले पचास हजार उपविजेताले तिस हजार प्राप्त गर्ने छन ।
पुस ३ गते सम्म सञ्चालन हुने भलिवल खेलमा अन्तिम दिन स्थानीय तथा राष्ट्रिय स्तरका कलाकार को प्रस्तुत हुने आयोजक ले बताएको छ ।
कार्यक्रममा अध्यक्षत्ता क्लब का अध्यक्ष शन्त बहादुर रानाको रहेको थियोे भने कार्यक्रम को सन्चलान देव बहादुर थापाले गर्नु भएको थियोे ।
कार्यक्रममा विशिष्ट अतिथि कञ्चन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लेख बहादुर बस्नेत वाड न १ का वाड हरिनारायण थारु २ न का वाड अध्यक्ष शेरबहादुर थारु वाड न ३ अध्यक्ष नगेन्द्र बहादुर लामिछाने वाड न ४ अध्यक्ष दुर्गा क्षेत्री वाड न ५ का अध्यक्ष कृष्ण प्रसाद अधिकारी कञ्चन कार्यपालिका सदस्य रेनु कुवर कञ्चन जेसिज अध्यक्ष राधिका चौधरी कार्यक्रम को शुभकामना मन्तव्य व्यक्त गर्दै खेलको अनुशासन नियम पालनाले मानिस धेरैकुरा सिकाउने बताउदै क्लव ले खेलको माध्यमबाट युवाहरुलाइ सिर्जनसिल बनाएको बताउनु भयो । कार्यक्रममा अध्यक्षत्ता क्लब का अध्यक्ष शन्त बहादुर रानाको रहेको थियोे भने कार्यक्रम को सञ्चलान देव बहादुर थापाले गर्नु भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.