ड्राइभरटोलमा ५७ करोड लगानीमा द एसआर होटल सञ्चालन नारामै झल्कीयो देशभक्ति ‘सम्भव छ आफ्नै भुमीमा’

 

ड्राइभरटोलमा ५७ करोड लगानीमा द एसआर होटल सञ्चालन
नारामै झल्कीयो देशभक्ति
बुटवल, पुस १५ । तिलोत्तमा नगरपालिका-१ ड्राइभरटोलमा सेवा सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ । ‘सम्भव छ आफ्नै भुमीमा’ भन्ने मूल नाराका साथ सुविधासम्पन्न होटल सञ्चालन गर्ने लक्ष्यसहित ड्राइभरटोलमा रु ५७ करोड लगानीमाद एसआर होटल एण्ड इभेन्ट्स पा.लि सञ्चालन मा आएको हो ।

 

हस्पिटालिटी सेवामा समाजका विभिन्न क्षेत्रमा अनुभव प्राप्त प्रतिष्ठीत युवमहरुको संयुक्त लगानीमा १२ कठ्ठा जग्गामा नेपाली पन झल्किने गरी बनेकोे होटलको बिहीबार संक्षिप्त कार्यक्रमको आयोजना गरि शुभारम्भ गरिएको छ । सोही अवसरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा होटलका अध्यक्ष होमकान्त बस्याल (शंकर) ले होटलको औपचारीक रुपमा शुभारम्भ भएको जानकारी दिए । होटलको गुणस्तर तथा सुविधा र सेवा विस्तारका काम पनि जारी रहेको उनले बताए ।
नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको बताउँदै त्यसमा पनि मुलुककै केन्द्रमा पर्ने रुपन्देहीमा पर्यटनको ठूलो सम्भावना देखेर अध्ययनपछि मात्रै होटल सञ्चालनमा ल्याइएको अध्यक्ष बस्यालले बताए । भारतीय सिमासँग जोडिएकोले भारत तथा तेस्रो मुलुकका पर्यटकहरुलाई आकर्षित गर्नसके पर्यटन पर्वदनका माध्यमबाट मुलुकको आर्थिक बिकासमा लुम्बिनी प्रदेशले उल्लेख्य टेवा पुर्याउने उनले बताए ।

सरकारसँग सहकार्य गर्दै होटलमा आउने पाहुनाहरुलाई नजिकका धार्मीक तथा पर्यटकीय स्थलहरुमा घुमाउने तयारी रहेको छ । रुपन्देहीमा पहिलोपटक स्वायल टेस्टिङ गरि निर्माण गरिएको भुकम्प प्रतिरोधी होटलको ग्राउण्ड फोलरमा जम्वालय फाइन डाइनिङ रेष्टुरेन्ट रहेको छ । जहाँ एकैपटकमा ५० जना भन्दा धेरैलाई सेवा दिन सकिन्छ । जम्वालयसँगै तीनवटा जलापिनो प्राइभेट डाइनिङ क्याविन रहेका छन् । त्यस सँगै रहेको कफी बारमा गुल्मीको अर्गानिक कफी विन्सको स्वाद लिन पाइनेछ ।
होटलमा एउटा आरामदायी वातानुकुलीत प्रेसिडन्टल स्वीट रुम, दुईवटा स्वीट रुम, तीन वटा सुपर लग्जरी डिलक्स रुम, १८ वटा सुपर डिलक्स रुम, ८ वटा डिलक्स गरी जम्मा ३२ वटा कोठा रहेका छन् । होटलको पाँचौ तलामा स्वदेशी तथा विदेसी परिकार पेयपदार्थ सँगै औपचारीक कार्यक्रम गर्न मिल्ने वातानुकुलीत कन्फ्रेन्स हल समेत रहेको छ भने, छैटौं तलामा ओपनरुफटप रहेको छ । जहाँबाट तिलात्तमा र बुटवल लगायतको आकर्षक हरीयालि शहर सहित रुपन्देही, पाल्पा, नवलपरासीका मनमोहक चुरे पहाडसँगै लुम्बिनी, भैरहवा, गौतमबुद्ध विमानस्थल तथा दक्षीणी भेगमा भारतको नौतनुवासम्म अवलोकन गर्न सकिन्छ ।
होटलमा स्विमिङ पुल, जिम, स्पाको समेत तयारी भइरहेको छ । यसका साथै ५ वर्ष भित्रमा होटलको सेवालाई एकसय वेडभन्दा बढी क्षमतामा विस्तार गर्ने र दश वर्षमा देशका सातै प्रदेशका विभिन्न धार्मिक तथा पर्यटकीय स्थल र शहरहरुमा होटलका कम्तीमा ७ वटा शाखा विस्तार गर्ने लक्ष्य राखिएको छ । कार्यक्रममा पत्रकार माधव ढुङ्गना ले रुपन्देहि प्रर्यटनको संभावना रहेको बताउदै यो अवसरलाई सहिढंगले अगाडि बढाउन गुणस्तरमा ध्यानदिनुपर्ने बताउनु भयो । कार्यक्रममा तिलोतमा नगरपालिका प्रेस सल्लाकार विपि गौतमले कोरोना ले होटल ब्यवसायिलाई समस्यामा पारेको बताउदै विस्तारै प्रर्यटन ब्यवसाय चलायमान हुन थालेको बताउनु भयो ।
होटलको शुभारम्भ सँगै जम्वालया रेष्टुरेन्टमा सुरुका १५ दिनलाई होटलमा आउने पाहुनाहरुलाई ४० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको छ । कार्यक्रममा होटलका संस्थापक अध्यक्ष मधुकर शर्मा, सञ्चालक सदस्य टेकनाथ बस्याल, पशुपति प्रधान, निश्चल श्रेष्ठ लगायतको उपस्थिती रहेके थियो । होटलका सञ्चालक सदस्य केशव भण्डारीको स्वागत र कम्पनि सचिव चिरन अर्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.