बुटवल, पुष १८ । बुटवल-७ मा अवस्थित श्री पुष्प बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २२ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशन सम्पन्न भएको छ । संस्थाका अध्यक्ष चरण तिमल्सेनाको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो ।
साधारणसभामा असल कारोबारी, सहकारीमा आवद्ध जेष्ठ सदस्यलाई सम्मान गरिएको छ । यसरी सम्मानित हुनेमा असल कारोबारीतर्फ तोलाकान्त गौडेल, जनुका पाठक, जेष्ठनागरिकतर्फ शारदा प्रसाद पाण्डे, दुर्गादेवि रानालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगर प्रमुख सुवेदीले सहकारीलाई उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन आग्रह गर्दै यसमा नगरपालिकाले पनि सहकार्य गर्न सक्ने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय सहकारी बैक लुम्विनि प्रदेशका प्रमुख नारायण बेल्वासे ले सहकारीको भावना र मर्म अनुशार सहकारी चल्लुपर्ने बताउनु भयो । त्यसअवसरमा समाजसेवी देवेन्द्र घिमिरे, जिल्ला, वडाध्यक्ष कमलप्रताप थापा, वडा जेष्ठनागरीक मञ्चका अध्यक्ष मिनप्रसाद न्यौपाने लगायतले बोल्नुभएको थियो ।
सहकारीकी सचिव कल्पना थापाको सञ्चालन, उपाध्यक्ष युवराज अमगाईंको स्वागतमा भएको साधारणसभाले अध्यक्ष चरण तिमिल्सेनाको प्रगति प्रतिबेदने र कोषाध्यक्षको विष्णु केसीले आर्थिक तथा लेखा समिति संयोजक गुरुदत्त पौडेल लेखा प्रतिवेदन पारित गरेको छ । पुरुष ३३५ र ४४८ जना महिलासहित कुल ७८३ जना सेयर सदस्य रहेको पुष्प सहकारीको हाल शेयरपूँजी २ करोड १४ लाख ६९ हजार रुपैंयाँ रहेको छ भने कर्जा लगानी ९ करोड २१ लाख १३ हजार पुगेको छ । यस्तै बचत ९ करोड ८५ लाख २४ हजार ३८३ रहेको सहकारीको प्रतिवेदनमा उल्लेख छ । सहकारीले गत आर्थिक वर्षमा १२ लाख ३ हजार मुनाफा गर्न सफल भएको छ भने सहकारीको पुजि १२ करोड ६५लाख बढी कुल पुजि पुगेको छ ।