मध्येरातको सेवाले बुटवलमा लफडा,आगामि निर्वाचन स्वच्छ हुनेमा आसंङ्का पैदा

 

बुटवल पुष २३/ मध्येरातमा ईलाका प्रशासन कार्यालयमा मतदाता नामावली संकलन गरेको भन्दै एमालेले तालवन्दी गरेको छ । नेपाली कांग्रेसले सत्ता र सक्तिको दुरुपयोग गर्दै प्रमाण नपुग्नेहरुको मतदाता नामावली संकलन गरिएको  हो । फोटो खिच्ने काम गरेको भेटिएपछि एमाले नगरकमिटिले तालबन्दी गरिएको नेकपा एमालेले जनाएको छ । अहिले ईलाका प्रशासन कार्यालयको कार्यकक्ष भित्र ५० भन्दा बढी सर्वसाधारण थुनिएका छन् । सुरक्षा कर्मिकै उपस्थीतिमा मध्येरातमा नामावली संकलन गरीपछि थप आसङ्का उव्जीएको छ । केहिबेर एमाले कार्यकर्ता र प्रहरी विच भनाभन चलेको थियो । नागरिकता प्रमाणपत्र बाहेक अन्य कागजात नभएका रुपन्देही बाहिरका मतदातालाई थप्ने योजनामा सत्तारुढ दलका नेतनहरुले मध्यरातमा उक्त काम गरिएको एमाले रुपन्देहीका नेताहरुले आरोप लगाएका छन । तिनै तहका निर्वाचनको मिति नजिकिएको वेला बुटवलमा मध्येरातमा मतदाता नामावली संकलन गर्नुले    गरेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.