लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा सिफारिस भए डा. राजेन्द्र खनाल

 

लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य सचिवमा सिफारिस भए डा. राजेन्द्र खनाल

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा पूर्व मेडिकल सुपरिटेन्डेन्ट रहेका डा. राजेन्द्र खनाललाई लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य सचिवमा सिफारिस गरीएको छ । संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले पूर्व मेसु डा. खनाललाई लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य सचिवमा सिफारिस गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय र मातहतका उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गर्ने क्रममा डा. खनाललाई लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य सचिवमा सिफारिस गरेको हो ।
मंगलबार मन्त्री खतिवडाले मन्त्रीस्तरीय निणर्य गर्दै मन्त्रालयका उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरिएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. विकास देवकोटालाई मन्त्रालय तान्नका लागि सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरिएको बुझिएको छ । मन्त्री खतिवडाले मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीलाई वीर अस्पताल सरुवा गरेका छन् भने औषधी व्यवस्था विभागमा महानिर्देशक नारायण ढकाललाई औषधी प्रयोगशाला पठाइएको छ । औषधीको व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराईलाई ल्याइएको छ ।

तेस्तै राष्ट्रिय एचआईभी एड्स नियन्त्रण केन्द्रकी निर्देशक सुधा देवकोटालाई केन्द्रीय कारागार अस्पताल पठाइएको छ । उनको ठाउँमा डा. सन्जय ठाकुरलाई ल्याइएको छ ।

कारागार अस्पतालमा डा. श्रीराम तिवारीलाई राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र लगिएको छ भने त्यहाँका निर्देशक डा. प्रकाश शाहलाई कणर्ाली प्रदेश पठाइएको छ । वीर अस्पतालका डा. सरोज शर्मालाई कान्ति बाल अस्पताल पठाउने निणर्य गरिएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.