सैनामैना नगरपालिकाको दशौं नगर सभा गौरवका पुर्वाधार पुरा गर्ने योजना सडक पुर्वाधार र भौतिक स्तरबृद्धिमा जोड

 


सैनामैना, ।
सैनामैना नगरपालिकाका को १० औ नगरसभा सुरु भएको छ । नगरपालिकाको दशौ नगरसभामा बोल्दै नगरप्रमुख चित्र बहादुर कार्कीले समृद्ध नगरपालिकाको सपना विस्तारै साकार हुदै गएको बताएका छन् ।
नगर प्रमुख कार्कीले समृद्धि नगरपालिकाको लागि कृषि, पर्यटन तथा पर्यवरण समृद्धि नगरपालिका निर्माणको लागि अभियानको थालनी गरिएकोमा सवैको साथ र सहयोगबाट नै समृद्धिको जग बसाल्न सकिएको बताएका छन् । नगरपालिका सुरुवाती दिनमा नयाँ पुर्वाधार, नयाँ संरचना सहित सुरुवात गर्दै यसको लागि जग नै सबैभन्दा ठुलो कुरा भएको बताए ।
आर्थिक समृद्धीका लागि जग बसाल्न काम ४ बर्षमा गरिएको भन्दै उनले यसलाई निरनरता गरी सबैको साझा पहल र हातेमालो आवश्यक रहेको बताए ।
आर्थिक बर्ष २०७४. ७५ को सुरुवाती अवस्था देखि हाल सम्म नगरपालिकाले आर्थिक विकासका आधारभुत संरुचना तयार गरिएको भन्दै उनले यसले भविश्यको लागि समेत ठुलो योगदान पुगेको बताए ।
नगर प्रमुख कार्कीले नगर गौरवका आयोजनालाई समयमा नै पुरा गर्ने गरी आन्तरिक स्रोत वृद्धिमा समेत जोड दिएको बताएका छन् ।
रणनीतिक योजना अनुसार नरपालिकाको पुर्वाधार विकासमा जोड दिएको भन्दै यसको दिगोपनाको लागि समेत विशेष ख्याल गरिएको जनाएका छन् ।
गौरवका अन्य रणनीतिक योजना अन्तरगत कार्यक्रमला विशेष जोड दिएको नरापलिकाले गौरवको योजनालाई पुरा गर्नको लागि योजनबद्ध विकासमा लागेको जानाइएको छ । नगरपालिलकालाई आन्तरिक श्रोत वृद्धिका साथै सहरी सुविधा विस्तार गर्न र उद्योग व्यायसायलाई प्रश्रय दिने उद्देश्यले सालझण्डी ढोरपाटन वसपार्क सहित व्यापारीक भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । भने सैनामैना ११ मा रहेको राजापानी सिमसार क्षेत्र संरक्षणका लागि डिपिआर तयार गरी लागत साझेदारीमा यस आ.व. मा निर्माण कार्य अगाडि वढाईनेनगर प्रमुख चित्र बहादुर कार्कीले जानकारी दिए ।

नगर भित्रका साना तथा मझौला उद्योगको विकास गर्ने उद्देश्यले सैनामैना ७ मा रहेको औधोगिक ग्राम निर्माण कार्यलाई निरन्तर रुपमा अगाडि वढाईएको छ ।
सैनामैना ६ र ८ मा रहेको करिव ५०० विघा जग्गालाई एकिकृत जग्गा विकास (ल्याडपुलिङ्ग) गरी आधुनिक सुविधा सम्पन्न शहर निर्माण गर्नका लागि सम्भाव्यता अध्ययन सम्पन्न गरी डिपिआर कार्य अगाडि वढाईएको छ ।
सैनामैना १ मा प्रदेश स्तरको जेष्ठ नागरिक संरक्षण ग्राम तथा अपाङ्ग पुनर्थापना केन्द्र निर्माण गर्ने गरी डिपिआर भए पश्चात जग्गा संरक्षणको कार्य भै सकेकोछ
प्रदेश सरकारको सहयोगमा यसै आ.व. मा सम्पन्न गर्ने गरी सैनामैना १ वमाहा नदी देखि ११ कोठी नदी सम्मको पुर्व पश्चिम लोकमार्ग क्षेत्रमा सिसि क्यामरा जडान गर्ने कार्य अगाडि वढाईएको छ ।
सैनामैनाकै गौरवको रुपमा रहेको लामी रह संरक्षण तथा सिंचाई वाँध आयोजनाको डिपिआर सम्पन्न भै निर्माणको लागि संघ र प्रदेश सरकारको सहलगानीमा निर्माण सम्पन्न गर्ने गरी वहुवर्षिय आयोजनाको रुपमा स्वीकृत भई वजेट सुनिश्चितता सहित कार्य अगाडि वढाईएको छ ।
राष्ट्रपति चुरे तराई मधेश संरक्षण समितिको लगानीमा ३ वटा पोखरी निर्माण सम्पन्न भएका छन भने थप पोखरी निर्माण भइरहेका छन ।
सैनामैना नगरपालिका वडा नं. ४ मा ५४ सेड सहितको आधुनिक हाटवजार निर्माण कार्य सम्पन्न भएको छ भने सोही स्थानमा चिस्यान केन्द्र समेत निर्माण कार्य भै रहेको छ ।त्यसै गरी वडा नं. ड रामापुरमा ५२ सेड सहितको आधुनिक हाट वजार निर्माण कार्य सम्पन्न भएको छ भने वडा नं. ज्ञण् पानवारीमा ज्ञण् वटा सेड निर्माण सम्पन्न भएका छन भने थप सेडहरु निर्माण कार्य भै रहेको छ ।
सडक निर्माणमा गुणस्तरियता वृद्धि गर्ने उदेश्यले अस्फाल्ट प्रविधिबाट सडक कालोपत्रेको सुरुवात गरिएको छ ।
सालझण्डी वजार र हाटवजारलाई जोड्ने गरी झोलङ्गे पुल निर्माण योजना स्वीकृत भई ठेक्का प्रकृयमा रहेको छ ।
यस नगरपालकाको सम्वृद्धिको मेरुदण्डको रुपमा रहेको कृषि क्षेत्रको कृषि उत्पादनलाई वजार पर्वद्धन गर्ने उदेश्यले पुर्व पश्चिम लोकमार्गको नजिको स्थानमा कृषि पार्क निर्माण गरी नीजी क्षेत्रलाई सन्चालन अनुमति दिने कार्यलाई अगाडि वढाईएको छ ।

स्थानीय जनताको पूणर् लोकतन्त्र, सुशासनको प्रत्याभूति, जनताप्रति उत्तरदायी सरकार, भ्रष्टाचार मुक्त नगर निर्माण तथा सभ्य र सु-संस्कृत समाज एवम् आफ्नो कर्तव्य प्रति नगर सजग रहेको भन्दै उनले नगरको अधिकार, श्रोत साधन, उत्तरदायित्व, पारदर्शिता र जवाफदेहिता सहितको स्थानीय सरकारको रुपमा स्थापित सैनामैना नगरपालिकाको आर्थिक समृद्धि र स्थानीय स्तरमा लोकतन्त्रको अभ्यासमा रहेको नगरप्रमुख कार्कीको भनाई छ ।्

सैनामैना नगरपालिकामा आ.व. २०७४, ७५ मा आधारभुत सेवाबाट सुरुवात भएको नरपालिकाले पछिल्ले समयमा कृषि, पुर्वाधार, शिक्षा तथा योजनाको विकासमा फ्ड्को मारेको नगर सभामा उल्लेख गरेका छन् ।

वीउवीजन सेवातर्फः हिउँदे र वसन्ते तरकारीको वीउ कृषि समूह /कृषि सहकारी र कृषि फर्महरुको माग अनुसार निशुल्क वितरण गरिएको छ भने सवै क्षेत्रमा प्राविधिक सेवा निशुल्क रुपमा प्रदान गरिदै आएको भन्दै नगर प्रमुख केसीले यसै गरी फलफूलका विरुवा हालसम्म आँप १८०००, लिची १२०००, कागती ५०००, अम्वा ८००० र कटहर २००० विरुवा वितरण भएका छन । खाद्यान्न वालीमा धानको वीउ ७० मे.टन, गहुँको वीउ ३५ मे.टन, वसन्ते मकैको वीउ ५ मे.टन वितरण भएको छ । तेलहन वालीमा तोरी २ मे.टन, सुर्यमुखि ०.५ मे.टन वितरण भएको छ ।दालवालीमा मसुरो छ मे.टन, रहर १ मे.टन, मुङ्ग ज्ञ मे.टन र च्याउको वीउः ४५ हजार प्याकेट वितरण गरिएको छ । २९ लाखको लागत साझेदारीमा२० वटा हाइटेक नर्सरी र टनेल निर्माण सम्पन्न भएको छ । वहुतह वृक्षारोपणतर्फ ९ लाख लागतमा १ वटा ग्रिन हाउस र ३ वटा टनेल निर्माणाधिन अवस्थामा रहेका छन् ।

आ.व. २०७४/०७५ मा स्थानीय सरकार गठन पश्चात आवश्यक जनशक्ति व्यवस्थापन गरी सेवा सन्चालन भएको छ । पशु स्वास्थ्य सेवामा आन्तरिक तथा वाह्य परजीवि नियन्त्रण र अन्य रोगहरुको औषधी कृषकले निःशुल्क प्राप्त गर्ने गरेका छन ।पशु खोप (पि.पिआर, एच.एस.+वि.क्यु, एफ.एम.डी, स्वाइन फिभर र रेविज) को नियमित रुपमा निशुल्क उपलब्ध गराईएको छ । पशु आहारा सेवा तर्फ हिँउदे/बर्षे घाँसको विउ ६० क्वीन्टल, बहुबर्षीय घाँस ४० हजार सेटस्/स्लिप, किम्वुको विरुवा ३५ हजार वितरण भएको छ । नश्ल सुधारमा वार्षिक घ हजार छ सय गाई भैसीमा कृत्रिम गर्भाधान भएको छ ।
लागत साझेदारीमा युवा लक्षित कृषि व्यवसाय प्रवर्द्धन कार्यक्रम अन्तरगत गोठ/खोर/साईलोपिठ मर्मत सुधार कार्यक्रममा लाभान्भिन परिवार संख्या १ सय २९ रहेका छन । जसमा रकम १ करोड ९६ लाख रहेको छ ।

पशु विकास तर्फ हालसम्म ज्ञछ वटा समुह ३५० वटा पशुपंछी फर्म र १ वटा वाख्रा पालन सम्वन्धी सहकारी दर्ता भएका छन ।

बस्ति बिकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत मार्गदर्शन, २०७२ लाई आधार मानि सैनामैना भवन निर्माण मापदण्ड २०७२ नगरसभाबाट पारित गरी कार्यन्वयनमा रहेकोछ ।

हाल नगरपालिकामा ३ वटा स्वास्थ्य चौकी, १ वटा सहरी स्वास्थ्य सेवा केन्द्र, ६ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट ४० जना स्वास्थ्य कर्मीले सेवा प्रवाह गरि रहेका छन । ३ वटा स्वास्थ्य संस्थाबाट प्रयोगशाला सेवा सन्चालन भएको छ । वडा स्तरीय आधारभूत स्वास्थ्य सेवा केन्द्रका भवन निर्माण केहि सम्पन्न भई सकेका छन भने वाकी निर्माणाधिन अवस्थामा रहेका छन । सैनामैना ११ वनकट्टीमा सर्पदंश केन्द्रको भवन निर्माण भएको छ । पर्रोहा स्वास्थ्य चौकीलाई स्तरउन्ति गरी १५ वेडको आधारभुत अस्पतालको निर्माण कार्य भै रहेकोछ । सैनामैना – १ वनकट्टामा प्रादेशिक गौरवको प्राकृतिक चिकित्सा सम्वन्धि पदमपाणी योग तथा प्राकृतिक चिकित्सालय निर्माण सम्पन्न भई सेवा सन्चालनमा ल्याईएको छ र सरकारी आयुर्वेदिक आरोग्य सेवा केन्द्र सन्चालनमा आएको छ ।

भवन पूर्वाधार निर्माण तर्फनगर पालिकाले कुनै पनि कार्यालयबाट हुने सेवा प्रवाहको लागि भौतिक पूर्वाधारको विकासले महत्वपुणर् भूमिका खेल्दछ। विगतमा घरभाडामा लिएर कार्यालयका दैनिक प्रशासनिक सेवा सन्चालन गरिआएकोमा हाल नगरपालिकाको मुख्य प्रशासनिक भवनले पुणर्ता पाई सवै सेवाहरु आफ्नै भवनबाट प्रदान गरिएको छ।
त्यसैगरि विगतमा छ स्थानबाट सन्चालन भएको वडा कार्यालयहरु ११ वटै वडामा विस्तार गरि संचालन गरिएको छ जसमा वडा नं ३, ६, ७, ८ र ११ का आफनै वडा कार्यालय भवन निर्माण सम्पन्न भएका छन भने वडा नं १, २, ४ र ५ को वडा कार्यालय भवन निर्माणको लागि ठेक्का वन्दोवस्त भई निर्माण चरणमा रहेका छन र यसै आ.व. भित्र निर्माण सम्पन्न गरी आफ्नै वडा भवनबाट सेवा प्रवाह गर्ने लक्ष्य रहेको छ ।

वाकी ९ र १० नं वडा कार्यालयहरु निर्माणको जग्गा प्राप्ति भईसकेको र भवन निर्माण प्रकृया अगाडि वढाईएको छ । विषयगत शाखा अन्तरगत कृषि तथा पशु विकास शाखाको साविकमा रहेको भवन कमजोर रहेको तथा त्यस स्थानमा रु.ज्ञड करोड बजेट सुनिश्चित गरी १५ शैयाको अस्पताल भवन निर्माण भईरहेकोले उक्त शाखाहरुलाई सैनामैना ४ स्थित साविकको सामुदायिक हलमा आधुनिक र व्यवस्थित रुपमा पुर्ननिर्माण गरि सेवा प्रवाह गरिएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.