अभियान्ता मुक्तिराम पोखरेलाइ अष्ट्रेलियामा अवार्ड

 

अभियान्ता मुक्तिराम पोखरेलाइइ अष्ट्रेलियामा अवार्ड

 


सामाजिक अभियान्ता मुक्तिराम पोखरेलले अष्ट्रेलियामा अवार्ड पाउनु भएको छ । अष्ट्रेलियाको बहुसाँस्कृतिक तथा जेष्ठ नागरिक मन्त्रालयको st.George community volunteers Awards बाट सम्मानित हुनुभएको हो । अष्ट्रेलियालाई कर्मथलो बनाउँदै आउनुभएका अष्ट्रेलियाका नवनियुक्त बहुसाँस्कृतिक तथा जेष्ठ नागरिक मन्त्री मार्क कोर जोसे (Mark joseph Coure)   ले एक कार्यक्रमकाबीच पोखरेले सामाजिक क्षेत्रमा गरेको योगदानको उच्च प्रशंसा गर्दै उक्त अवार्डबाट सम्मान गरेका हुन् । नेपालमा रहँदा विभिन्न सामाजिक अभियानको अभियान्ता समेत रहनुभएका पोखरेल ९ वर्षदेखि अष्ट्रेलियामा बस्दै आउनु भएको छ ।
उहाले अष्ट्रेलियामा रहँदा पनि विभिन्न सामाजिक संघसंस्थामा रहेर सामाजिक कार्यलाई निरन्तरता दिनुभएको छ । प्रवासमा रहेर नेपाल, नेपाली र मानव हितका लागि गरेको निस्वार्थ सेवाको उच्च मूल्यांकन गर्दै अष्ट्रेलिया सरकारले गरेको सम्मानले आफुलाई थप जिम्मेवार बन्न सहयोग पुगेको बताउदै आगमी दिनमा नेपाल र नेपालीको हितका लागि थप प्रतिवद्ध भएर लाग्ने समेत बताउनु भयो । पोख्रेल अहिले फेन्का प्रतिनिधि सदस्य, नेपाली कला संस्कृति तथा साहित्यिक प्रतिष्ठानकोपूर्व महासचिव, नेप्लिज ब्लड डोनर एसोसिएशन अष्ट्रेलियाका उपाध्यक्ष, अन्तर्राष्ट्रीय साहित्यक समाजका आजीवन सदस्य, नेपाली युथ फोरम अष्ट्रेलियाका संरक्षक र रूपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाका अध्यक्ष हुनुहुन्छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.