लुम्बिनीमा गठबन्धनका उम्मेदवार विजयी

 

बुटवल । लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनमा पाँचदलिय सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट काँग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीका राज्य लक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक विजयी भएका हुन् ।
मतपरिणाममा गठबन्धनका उम्मेदवारले ४३७४ मतभार पाएका छन् भने नेकपा एमालेका उम्मेदवारका पक्षमा ३३१२ मतभार प्राप्त गरेका छन् । एमालेको रामदयाल गुप्ता, भारती खनाल उपाध्याय र कृष्ण सुनार तिनैजना पराजित भएका छन ।  दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान भएको थियो । मतदानमा प्रदेशसभा सदस्य ८१ र १०७ स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गरेका थिए । निर्वाचनमा एमालेका विरुद्धमा पाचदलिय गठबन्धन बनेको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.