शैक्षिक सुधारको लागि सिंगो बुटवल , एक विद्यालय अवधारणा ल्याईएको हो उपप्रमुख गुमादेवी आचार्य

 

बुटवल , १९ माघ । बुटवल उपमहानगपालिका वडा नं. १७ मा रहेको मोतिपुर माध्यमिक विद्यालयमा बिज्ञान प्रयोगशाला स्थापना गरिएको छ । कक्षा ९ र १० का विद्यार्थीलाई बिज्ञान विषयको शैद्धान्तिकसँगै ब्यवहारिक ज्ञान प्रदान गर्न उद्देश्य सहित प्रयोगशाला स्थापना गरिएको हो । बुधबार उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले प्रयोगशालाको उद्घाटन गर्नुभएको हो ।

 

उँहाले उद्घाटन गर्दै विद्यार्थीलाई शैद्धान्तिक ज्ञानसँगै ब्यवहारिक ज्ञान प्रदान गर्नको लागि नगरमा रहेका सामुदायिक विद्यालयमा बिज्ञान र कम्प्युटर ल्याब सञ्चालनमा ल्याईएको जानकारी दिनु भयोे । नगरमा रहेका ३८ वटा सामुदायिक विद्यालयको शैक्षिक सुधारको लागि सिंगो बुटवल , एक विद्यालय अवधारणा ल्याईएको उँहाले बताउनु भयो । यो अवधारणा लागु भएपछि सबै सामुदायिक विद्यालयमा विद्यार्थीले समानस्तरको गुणस्तरिय तथा ब्यवहारिक शिक्षा प्राप्त गर्ने दाबी गर्नुभयो । विज्ञहरूसग छलफल गरेर एउटै अवधारणा लागु गरिएको उँहाले जानकारी दिँदै सबै विद्यालयमा एउटै किसिमको शिक्षा प्रदान गरिने बताउनु भयो । । वडा नं. १७ का वडा अध्यक्ष सन्त बहादुर रानाले विद्यालयको भौंतिक तथा शैक्षिक सुधारको लागि नगरपालिकाले सहयोग गर्दै आएको बताउनु भयो । मोतिपुर माविका प्रधानध्यापक लक्ष्मण मरासिनीले विद्यालयमा अहिले ७ सय २५ विद्यार्थी रहेको जानकारी दिँदै नगरबाट प्राप्त ६ लाख ५० हजार बजेटबाट बिज्ञान प्रयोगशाला सञ्चालन गरिएको जानकारी दिनुभयो । कक्षा १२ सम्म अध्ययन हुँदै आएको विद्यालयमा कक्षा ९ र १० का विद्यार्थीलाई लक्षित गरि प्रयोगशाला सञ्चालन गरिएको बताउनु भयो । विद्यालयमा अहिले ५ वटा भवन र २७ वडा कक्षा कोठा रहेको छ । पछिल्लो समयमा विद्यालयमा विद्यार्थीको चाप बृद्धि हुँदै गएको मरासिनीले बताउँदै अझैं ६ वटा कक्षाकोठाको अभाव रहेको बताउनु भयो

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.