कपुरधारामा महिलालाई बट्टाई पालन तालिम

 

कपुरधारामा महिलालाई बट्टाई पालन तालिम
काठमाडौं। काठमाडौं महानगरपालिका वडा नं २६ कपुरधारामा बट्टाई पालन तालिम सम्पन्न भएको छ । तीन दिन सम्म चलेको तालिममा स्थानीय कपुरधारा टोल सुधार समिति र विभिन्न संघ संस्थाका ४३ जना महिलाहरु सहभागी भएका थिए । सिर्जनशिल एकीकृत दिगो विकास समाज सिआईएसडीएसले आयोजना गरेको तालिममा बालानन्द, संस्थाका अध्यक्ष खिमा खनाल लगायतले प्रशिक्षण दिनुभएको थियो । तालिमबारे बोल्दै महानगरपालिका वडा २६ का वडाध्यक्ष ख्यामराज तिवारीले महिलाहरूको क्षमता विकास र आयआर्जनमा तालिम महत्वपूर्ण हुने बताउनुभयो । तालिममा अनुगमन र निरीक्षण गर्दै महिला बालबालिका ज्येष्ठ नागरिक तथा समाजकल्याण महाशाखा प्रमुख सहसचिव रोशनी कुमारी श्रेष्ठ ले महिलाहरूको क्षमता विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको थियो । अनुगमनका क्रममा शेखर कार्की र ललिता कार्की पनि सहभागी हुनुहुन्थ्यो । यस्तै काठमाडौं महानगरपालिका बाट शारदादेवी पौडेल र शेखर उपाध्यायले अनुगमन गर्नुभएको थियो

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.