राज्यले नपत्याउने जनता सेवा प्रति सन्तुष्ट नहुने अवस्था हुन बाट जोगिन सेवा प्रभावकारी बनाऔ आधिकारीक निजामति ट्रेड युनियन

 

फागुन १४
जनताको सेवा प्रवाहालाई ध्यान दिएर आप्ना अधिकार खोजे सफल हुने एक कार्यक्रमका बक्ता हरुले बताएका छन । जनसरोकारका सेवा हरुमा अत्याधिक चाप रहने र घण्टौ लाईमा बस्नु पर्ने जनताले सास्ती भोग्न बाध्य भएको कारण सेबाग्राहिबाट गुनासो आउने गरेको उहाहरुको भनाई रहेको छ ।

 

आधिकारीक निजामति ट्रेड युनियन रुपन्देहिले बुटवलमा आयोजना गरेको डायरी विमोचन तथा कोरोनाका कारण मृत्यु भएका ट्रेड युनियनका परिबारलाई आर्थिक साहायता वितरण कार्यक्रममा बौल्दै बक्ताहरुले कर्मचारीहरुका समस्याको सम्वोधन नभएको साथै कर्मचारीबाट पनि सेबाग्रहि पनि सन्तुष्टी हुन नसकेकाले दुवै कुरा मिलाएर लैजानु पर्ने बताएका छन । कार्यक्रममा बोल्दै रुपन्देहि जिल्लाका प्रमुख जिल्ला अधिकारी रिषीराम तिवारीले जनताका सेवालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । उहाले ट्रेड युनियनका समस्याका बारेमा सहजिकरण गरेर जाने बताउनुभयो ।

कार्यक्रमा निजामति कर्मचारी आधिकारी ट्रेड युनियन का केन्द्रीय सदस्य मेघदेव पन्थले समस्या समाधानका पहल भनेजस्तो गरि नभएको साथै निजामति एैन नआउदा कर्मचारी मा समस्यै समस्या रहेको बताउनु भयो । उहाले एकातिर राज्यले नपत्याउने र अर्को तर्फ जनताले हाम्रो सेवा प्रति सन्तुष्ट नजाउने भएपछि काममा सुधार गर्नुको विकल्प नरहेको बताउनु भयो । कार्यक्रममा आधिकारीक ट्रेड युनियनका केन्द्रीय सदस्य नारायण भण्डारीले कर्मचारीका हकहित बृतिबिकास ध्यान दिन र सेवाप्रवाहालाई ब्यवस्थीत गरेर लैजनानु पर्ने बताउनु भयो । ट्रेड युनियन युनियनको निर्वाचन समयमै हुनुपर्ने बताउनुभयो । कार्यक्रममा आधिकारीक ट्रेड युनियनका निबर्तमान रुपन्देहि अध्यक्ष रामप्रसाद पन्थीले पहिलोकाम कर्मचारीको माग पुरा गर्न लाग्न आग्रह गर्दै सके राम्रोकाम गर्न र नसके अबरोध नर्गन आग्रह गर्नु भयो । उहाले कर्मचारीका चौरासि बुदे साझा माग आप्नोकार्यकालमा पेस गरेको तर त्यसलाई निर्यायक तहमा पुराउन नसक्नु कमजोरी भएको बताउनु भयो । कार्यक्रममा निजामति कर्मचारी संगठनका अध्यक्ष केशवराज भट्टराई निजामति समस्या समाधानका विषयमा साझा अवधारण लाई समाधान गर्न लाग्नुपर्ने बताउनु भयो । कर्मचारी युनियनका जिल्ला अध्यक्ष चक्रपाणि पाण्डे ले युनियन हरुको एकताले कर्मचारी हकहितका कार्यमा सहयोक पुगेको बताउनुभयो । कार्यक्रम निजामतिकर्मचारी आधिकारी ट्रेड युनियनका जिल्ला अध्यक्ष हरी खनालको अध्यक्षता निजामतिकर्मचारी आधिकारी ट्रेड युनियनका सचिव रमेश पाण्डेको संचालनमा भोजराज न्यौपानेको स्वागतमाका र्यक्रममा सम्पन्न भएको थियो । कार्यक्रममा सुचनामुलक निजामति ट्रेड युनियन डायरीको विमोचन गरीएको थियो भने कोरोनाका कारण मृत्यु भएका निजामतिकर्मचारी का आठ जना सदस्यका परिबार लाई दशहजारका दरले चेक हस्तान्तरण गरीएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.