श्रीनगर एग्रोद्वारा बोइलर कुखुरा पालक किसानलाई तालीम सुरु

श्रीनगर एग्रोद्वारा बोइलर कुखुरा पालक किसानलाई तालीम सुरु

बुटवल, फागुन  । बुटवलमा आइतबारदेखि व्याबसायी ब्रोइलर कुखुरा पालन तालिम सुरु भएको छ । श्रीनगर एग्रो फर्मको आयोजना र विश्व खाद्य संस्थानको सहयोगमा व्यवसायिक कृषक र नयाँ व्यवसायीलाई तालीम सञ्चालन गरिएको हो । तालीमको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका तुलसीराम भण्डारीले उद्घाटन गरे । व्यवसायिक कुखुरा पालनले माशु आयात प्रतिष्ठापनमा ठूलो टेवा पुग्ने बताए । ८ दिने तालिममा लुम्बिनी र मधेस प्रदेका गरी २७ जना कृषक सहभागी छ्न । तालीम तीन दिन प्रयोगात्मक पनि हुनेछ । बलियो नेपालका रोशन डंगोल खानामा पोषणको अभाव देखियको छ । बलियो नेपालले पोसण सम्भन्दी सचेतनाका क्रायक्रम चलाउने गरेको बताए । विश्व खाद्य संस्थानको प्रतिनिधि शिलु शाक्यले कुखुराप्रति लाग्ने रोगबारे किसान सचेत हुनुपर्ने बताइन । श्रीनगर एग्रोको ज्ञान शाखा इन्चार्ज दिनेश क्षेत्रीले कुखुराको फोहोर व्यवस्थापन कसरी गर्नेदेखि कृषकहरुलाई चाहिने प्राविधिक पक्षहरु सबै तालीममा सिकाईने बताए । श्रीनगर एग्रोले प्रदेश स्तरीय भेटनरी तथा पशु सम्बन्धी ल्याब पनि सञ्चालन गरेको छ । जहाँ कृषकहरु सहजै जोडिन सक्नेछन । विभिन्न जिल्लाका कृषकहरुको सहभागिता रहेको छ । लकडाउन र विभिन्न कारणले दानाको मूल्य बढ्दा अहिले किसानहरु व्यवसायप्रति निरास छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.