एमाले संग एक्लै चुनाव लड्ने हैसियत कसैसंग छैन, उपमहासचिव ज्ञवालि

 

बुटवल । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले आगामी निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी बन्ने दाबी गर्नु भएको छ । शत्ता गठबन्धनमा रहेका दलहरुले एकल बहुमत हासिल गर्न नसक्ने भएकै कारण निर्वाचनलाई पर ढकेल्ने प्रयास गरेको आरोप लगाउदै एमालेको दबाबपछि स्थानीय निर्वाचनको मिति तय गरिएको बताउनुभयो । उहाले गठबन्धन दल निर्वाचनबाट भाग्न सवै उपाए खोजे पनि जनताको र एमालेको दवाव थेग्न नसकेर चुनाव हुने पक्का भएको बताउनु भयो

 

एमाले प्रति जनता आर्कषण दखेर सँग गठबन्धन दल हरुले एक्लै चुनाव लड्न स्थीतिमा पुगेको उहाले बताउनु भयो । गुल्मी रुरु क्षेत्र-रुपन्देही सम्पर्क मञ्चले बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाले निर्वाचनको तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । नेकपा एमाले मुलुकको पहिलो शक्तिका रुपमा स्थापित हुने दाबी गर्दै उहाले नेता कार्यकर्ताहरुलाई निर्धक्क भएर निर्वाचन तयारीमा लाग्न आग्रह गर्नु भयो । उहाले एमाले एक्लै चुनाव लडेर मुलुक भरका स्थानिय तह जित हासिल गर्ने सुनिश्चि भएको दावि गर्दै त्यसको प्रमाण एमाले बाहेका दल हरुको गठ बन्धनको तयारी र प्रधानमन्त्री समेत ले गठबन्धन दललाई नचिडाउन दिएको निर्देशनले काग्रेस समेत एमाले संग एक्लै चुनाव लड्न सक्दैन भन्ने प्रमाण भएको बताउनु भयो । उहाले एमालेका सरकारले गरेका काम जनता सम्ममात्रै पुराउदा एमाले बाहेका दललाई जनता संग भोट माग्न जाने हैसियत नहुने पनि उहाको भनाई रहेको छ । उहाले अहिलेको सरकारले मुलुकमा बाह्य हस्तक्षेप बढाउने काम गरेको आरोप लगाउनु भयो ।
उपमहासचिव ज्ञवालिले अहिलेको सरकारकै कारण मुलुकको आर्थिक अवस्था टाँट पल्टिने अवस्थामा गइरहेकोप्रति चिन्ता व्यक्त गर्नु भयो । गठबन्धन सकार बनेपछि मुलुकले आर्थिक घाटा व्यहोर्नुका साथै मुद्रा स्थीति दर चिन्ताजन अवस्थामा गएकोमा दुःख व्यक्त गर्दै बढ्दो महङ्गी र मुलुक आर्थिक संकटमा पर्दा पनि सरकार र गठबन्धन दलहरु गम्भीर नभएको उहाको आरोप छ । यसैगरी एमसीसीको विषयमा जनतालाई भ्रमित गर्ने काम गरेको उहाको असन्तुष्टि व्यक्त गरेका छ । शत्तारुढ दल भित्रै एमसीसी बारेको धारणा फरक र द्वयद चरित्रको देखिएको गर्दै उहाले त्यस विषयमा संसदमा छलफल गर्ने वातावरण समेत नगराएर पारित गर्नु दुःखद भएको उल्लेख गर्नु भयो ।
कार्यक्रममा बोल्दै एमाले लुम्बिनी प्रदेशका अध्यक्ष लिला गिरीले नतो कार्यकर्ताहरुलाई आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि तिब्रताका साथ लाग्न आग्रह गरेका गर्नु भएको छ । मुलुकलाई निकास दिने र वैकल्पिक शक्ति नै नेकपा एमाले भएको दाबी गर्दै उनले जनताको साथ पाउनेमा ढुक्क हुन आग्रह गर्नुभयो । कार्यक्रममा नेकपाएमालेका नेता प्रदेश सभा सदस्य कमलराज श्रेष्ठले एमाले विना मुलुकको परिर्वतन सम्भव नभएको बताउनु भयो । उहाले एमालेले जितेका स्थानिय तह र अन्य पार्टिले जितेका स्थानिय तहको फरक छुट्याउन सकेमात्रै एमालेको एकल दुईतिहाइ आउने दावि गदै रुरु गाउपालिकाको मुहारफेर्ने काम स्थानिय सरकारले गरेको वताउनु भयो । एमालेले गुल्मीका सवै तहका आगामि निर्वाचनमा विजय हासिल गर्ने बताउनु भयो । कार्यक्रममा रुरु गाउपालिका गुल्मीका अध्यक्ष निलकण्ठ गौतमले रुरु गाउपालिकामा धेरै काम भएको बताउनु भयो । रुरु गाउपालिकाले आवधिक योजना बनाएर काम गरीरहेको र पालिकामा पुर्वाधारको जग बलियो गरी बसाएको बताउनुभयो । उहाले आफुले आलोचना चाहेको तर आलोचना नहुदा कमिकमजोरी छुटउन नपाएको गुनासो गर्नु भयो । कार्यक्रममा एमाले गुल्मी जिल्लाकमिटि सदस्य हिमाल श्रेष्ठ ,रुरु गाउपालिका उपाध्यक्ष लक्ष्मी पन्थ एमाले रुरु गाउपालिका अध्यक्ष फर्सुराम ज्ञवालि ,चक्रपाणि ज्ञवालि, किसन ज्ञवालि हेमबहादुर थापा कपिल ज्ञवालि लगायत ले बोल्दै आगामि निर्बाचनमा एक भएर लाग्न र एमालेमा आएको जनलहर आफुहरुलाई उत्साहित गराएको बताउनु भएको थियो । अव निर्वाचनमा गाउफकेर एमालेलाई आआप्नो ठाउबाट सहयोग गर्न आग्रह गर्नु भयो । कार्यक्रम सम्पर्क मञ्चका अध्यक्ष हेमबहादुर थापाले कपिल ज्ञवालि को संचालनमा कार्यक्रम संचालन भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.