रुपन्देही सुपर लिग ः बुटवल-११ विजयी

भैरहवा, चैत्र २ ।

भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगअन्र्तग डिभिजन ‘ए’को बुधबारको खेलमा बुटवल-११ क्रिकेट क्लबले तिलोत्तमा क्रिकेट क्लबलाई ५६ रनले पराजित जित निकालेको छ ।

सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको बुटवल-११ ले निर्धारित ५० ओभरको खेलमा ३९.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५६ रनको योगफल बनायो । उसका लागि विवेश खातीले ४३, विवेक शर्माले २७ तथा इशान पाण्डे र अविषेक ठाकुरले समान २६-२६ रनको योगदान दिए । बलिङमा तिलोत्तमाका अमरसिंह रौतेल र कृष्ण पराजुलीले समान ३-३ तथा कृष्ण कार्कीले २ विकेट लिए । जवाफी ब्याटिङ गरेको तिलोत्तमा ३७ ओभरमा सबै विकेटको नोक्सानीमा १०० रनमै समेटियो । उसका लागि कृष्ण भुसालले २३, भुवन गैरेले २० र अमरसिंह रौतेलले १४ रन बनाए । तिलोत्तमालाई सस्तैमा रोक्न बलिङमा बुटवल-११ का सुभम घमालले ४, सोनु तामाङले ३ र इशान पाण्डेले २ विकेट लिए । सुुभम घमाल म्यान अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे । प्रतियोगिता रुपन्देही क्रिकेट संघले आयोजना गरेको हो ।

चैत १२ गतेसम्म सञ्चालन हुने लिगको विजेतालले ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार ट्रफी र प्रमाणपत्र, बेष्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीलाई ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने संघले जनाएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.