डढेलो नियन्त्रणमा जुटे उपभोक्ता
बुटवल, चैत ७ । वनलाई डढेलोबाट जोगाउन पाल्पाको तिनाउ गाउँपालिकाका सामुदायिक वनहरू एकजुट भएका छन् । गाउँपालिकाका ८७ वटा सामुदायिक वनमा हरेक वर्ष लाग्ने डढेलो नियन्त्रणका लागि सचेतना फैलाउदै एकजुट भएका हुन् ।
सबै वनहरुको साझा संस्था सामुदायिक वन समन्वय समिति तिनाउ पाल्पाले सोमबार दोभानमा डढेलो नियन्त्रण सम्बन्धी वृहत आमसभा गरी खडेरीको समयमा लाग्ने डढेलो नियन्त्रणका लागि सबै उपभोक्तालाई सचेत गराएका हो । आमसभामा बोल्दै लुम्बिनी प्रदेशका वन वातावरण तथा भू संरक्षण मन्त्री सुरेन्द्र बहादुर हमालले डढेलो नियन्त्रणको लागि पूर्व तयारी र सचेतना आवश्यक रहेको बताउनुभयो । उहाले समन्वय समितिले गरेको कामको प्रशंसा गर्दै उपभोक्ताको सक्रियताले वनमा डढेलो नियन्त्रणमा सहयोग पुग्ने बताउनुभयो । वनमा डढेलोले जमिन, जंगल र जनावरको क्षति हुने भएकोले उपभोक्तालाई सचेत रहन आग्रह गर्नुभयो ।
पाल्पाका डिएफओ दीपक ज्ञवालीले वनको विकास डढेलो ठूलो बाधक भएको बताउदै । हुरी बतासको मौसम शुरु भए संगै वन-जंगलमा फेरि डढेलो लाग्न थालेकोले उपभोक्ताको सक्रियता बधाउनु पर्ने बताउनु भयो । ज्ञवालीले कार्यक्रम बनाउदा उपभोक्ताको हित आय आर्जन संग जोड्ने गरी ल्याउने बताउनु भयो । उहाले चैत महिना सुरु भए संगै सुख्खा बढ्ने हुनाले प्रत्येक वर्ष वन-जंगलमा डढेलोका घटना बढ्ने भएकाले उपभोक्ता ले ख्यालगर्नु पर्ने बताउनु भयो ।
तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले गाउँपालिकाले सबै वनहरुसँग समन्वय गरी डढेलो नियन्त्रणका लागि काम गरिरहेको बताउनुभयो । डढेलोबाट वनलाई जोगाउने तयारी भने कमजोर रहेकोले वर्षेनी अमूल्य वनस्पति र वन्यजन्तु नास हुदै गएकोले सबै सचेत हुन आवश्यक रहेको बताउनुभयो । उहाले तिनाउ गाउपालिका लाई हरित तिनाउ बनाउने गरी काम गरी रहेको बताउनु भयो ।
सामुदायिक वन समन्व्य समिति तिनाउ पाल्पाका वरिष्ठ उपाध्यक्ष दलबहादुर गुरूङले जल, जमिन, जंगल र जनावरको संरक्षण अहिलको दायित्व रहेको बताउनुभयो । सामुदायिक वन समन्व्य समिति तिनाउ पाल्पाका अध्यक्ष पदमलाल श्रेष्ठले डढेलो नियन्त्रण सतप्रतिसत झार्न नसकेपनि कम्तीमा ५० प्रतिशतमा झानुपर्ने बताबताउनु भयो । उहाले बन जोगाउदा बन्यजन्तु बढेको र बन्यजन्तुले उपभोक्तालाई दुख दिएको बताउदै राज्यले बन्यजन्तुबाट जोगाउने गरी कार्यक्रम बनाउन आग्रह गर्नु भयो ।
तिनाउ गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठ, महेन्द्र पाण्डे, कृष्ण रेग्मी उपभोत्तःा सीताराम सोमरे कुमारी खड्का, दिनेश जिसी लगायतले बोल्दै उपभोक्ताको समस्या समाधनमा सरोकार बाला निकाय गम्भिर नभएकाले क्षति बेहोरि रहन परेको गुनासो गर्नु भयो ।