प्रयासको निशुल्क योग शिविर सम्पन्न

 

 

बुटवल

प्रयास बचत तथा ऋण सहकारी संस्था लि. बुटवल १२ का शिक्षा उपसमितिद्वारा आयोजित निशुल्क योग शिविर सरस्वती मा.बि.माको प्राग्रण सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय योग प्रशिक्षक श्री ऋषि न्यौपानेको प्रशिक्षणमा तीन दिने निशुल्क योग शिविर मिति २०७८ चैत्र ३ गते देखि ५ गते सम्म आयोजना गरिएको संस्थाको शिक्षा उपसमितिका संयोजक तथा कार्यक्रम संयोजक श्री तीर्थराज काफ्लेले बताउनु भयो। समापन कार्यक्रममा बोल्दै “ योग गरौ निरोगी बनौ ” भन्ने मूल मन्त्रका साथ स्वास्थ्य नागरिक र सभ्य समाज निर्माणको उदेश्य राखी शिविर कार्यक्रम आयोजना गरिएको जानकारी गराउदै प्रत्येक शेयर सदस्यलाई हरेक दिन बिहानमा आधा देखि एक घन्टासम्म योग गर्नु पर्ने सुझाव दिदै शिविरमा निरन्तर उपस्थिति र उत्साहजनक सहभागिताले कार्यक्रम सफल र फलदायी भएको संस्थाका अध्यक्ष श्री भीमबहादुर थापाले बताउनु भयो । प्रमुख अथितिको रुपमा रहनु भएको बुटवल उपमहानगरपालिका वार्ड नं. १२ का वार्ड अध्यक्ष श्री दुर्गा प्रसाद सुबेदीद्वारा नगरबाट गर्नु पर्ने योग शिविर कार्यक्रम सहकारीले गरेकोमा खुशी व्यत्त गर्दै सहकारीलाई धन्यवाद दिनु भयो । संस्थाका निबर्तमान अध्यक्ष तथा वर्तमान सल्लाहकार श्री सूर्यबहादुर राना, सल्लाहकार श्री गोविन्दप्रसाद पौडेल, शेयर सदस्य श्री प्रेम काफ्लेले पनि शुभकामना मन्तव्य दिनु भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.