वक्तृत्वकला उपाधि स्कलर्सकी सचिनालाई

 

बुटवल, ११ चैत
रोटरी क्लब अफ बुटवल डाउनटाउनको आयोजनामा बुटवलमा शुक्रबार सम्पन्न जिल्ला स्तरिय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता आफ्नो दमदार प्रस्तुतीसहित स्कलर्स होस बोर्डिङ स्कुलकी सचिना पन्थी प्रथम भएकी छिन । सामाजिक विकासमा रोटरीको भुमिका विषयक वक्तृत्व कला प्रतियोगितामा उनि प्रथम हुदै नगद १० हजार रुपैयासहित कप, प्रमाणपत्रबाट पुरस्कृत भएकी हुन । स्कलर्स बोर्डिङ स्कुलको सभाहलमा भएको प्रतियोगितामा बुद्घ पब्लिककी निशा न्यौपाने द्घितिय हुँदै नगद ८ हजार नगदसहित कप प्रमाणपत्रबाट पुरस्कृत भईन । प्रतियोगितामा एभरेष्ट बोर्डिङ स्कुलकी वर्षा न्यौपाने तृतिय हुँदै नगद ५ हजार र कपबाट पुरस्कृत भएकी छिन । यसैगरि चौथो स्थान हासिल गर्दै होराईजन जिविएसकी प्रतीक्षा खराल नगद ३ हजार रुपैया, कप, प्रमाणपत्रबाट पुरस्कृत भएकि छिन ।
एक समारोहका बिच रोटरी ईन्टरनेशनल ३२९२ नेपालभुटानका एजी नारायण प्रसाद पन्थ, प्रतियोगिताका निणर्ायक प्रा.डा.हिरणलाल ज्ञवाली र देउप्रकाश राई, क्लबका अध्यक्ष जबिन कक्षपति, कार्यक्रमका संयोजक तथा क्लबका सचिव बाबुराम बन्जाडेले विजेता उपविजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका छन ।
कार्यक्रममा एजी पन्थले थोरै थोरै रकम विश्वभर आफ्ना सदस्यहरुबाट सहयोग जुटाएर रोटरी सामाजिक काममा अग्रसर रहेको बताए । विशेष गरि सात वटा फोकस एरियामा रोटरीले विश्वभर समुदायमा निसुल्क कार्य गर्दै आएको उनले बताए ।
कार्यक्रममा अध्यक्ष जबिन कक्षपतिले बालबालिकाहरुमा बक्तृत्व क्षमता विकास गराउदै स्वज्ञान बढाउने लक्ष्यसहित कार्यक्रम गरिएको बताए ।
कार्यक्रममा एनप्याप्सनका सल्लाहकार देउप्रकाश राईले विद्यार्थी जीवन सिकाईको उमेर भएको भन्दै अध्ययनसंगै अतिरिक्त क्रियाकलापहरुमा अग्रसर हुनुपर्ने बताए । सामाजिक कार्यमा लाग्न उत्प्रेरित गर्ने गरि आयोजना गरिएको कार्यक्रम निक्कै फलदायी भएको उनले बताए। परिवर्तन आफैबाट शुरुवात गर्नुपर्ने सुझाव दिदै यसलाई केन्द्रमा राख्नुपर्ने उनले सुझाव दिए ।
प्रतियोगितामा न्यु होराईजन, होराइजन गौतमबुद्घ, एम्स बोर्डिङ स्कुल, स्कलर्स होम बोर्डिङ स्कुल, गार्गी एकेडेमी, ग्लोरियस सेकेण्डरी, देवदह बुद्घ पब्लिक, एभरेष्ट बोर्डिङ स्कुल, तिलोत्तमा कलेज र कान्ति मावि गरि प्रतियोगितामा १० विद्यालयका ४ जना छात्र र ६ छात्राहरुले भाग लिएका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.