नाटुको सातौ राष्ट्रिय अधिवेशन सम्पन्न श्रम बजारमा धेरै ठुलो परिवर्तन आएको श्रेष्ठको दाबी

 

नाटुको सातौ राष्ट्रिय अधिवेशन सम्पन्न
बुटवल, १२ चैत
नेपाल अटो मेकानिक्स ट्रेड युनियनको सातौ राष्ट्रिय अधिवेशन शनिबार बुटवलमा सम्पन्न भएको छ । जिफन्टका केन्द्रीय अध्यक्ष बिनोद श्रेष्ठले अधिवेसनको उद्घाटन गर्दै श्रम बजारमा धेरै ठुलो परिवर्तन आएको दाबी गरे । संगठन स्वतन्त्रता, न्युनतम ज्यालामात्र होइन अब जिवनचक्रमा आधारित सामाजिक सुरक्षाको अधिकार प्राप्तिसम्म पुगेको उनले बताए । अहिले नेपाली अटोमेकानिक्समा ३ प्रकारको समिकरण रहेको दाबी गर्दै उनले स्वरोजगार, स्वरोजगारसंगै ज्याला जस्ता विषय मुख्य रुपमा रहेको बताए । कार्ल माक्सको समय अनुसारको श्रमको कुरा अहिले विश्वबजारमा नरहेको उनको दाबी गरे । जिफन्ट जडसुत्रबादी भयो वा एनजिओका रुपमा काम गर्यो भन्ने गलत भ्रम फैलाउने काम भएको दुखेसो गरे । सरकार श्रमिकहरुको पक्षमा नरहेको उनले दुखेसो गरे । केवल सवारी साधन बनाउनेमात्र नभई अब देश बनाउने दिशामा पनि अटोमेकानिक्सहरु अगाडि आउनुपर्ने उनले बताए । राजनिति माग्ने हैन दिने ठाउमा पुग्ने गरि अभियान थालिदा अहिलेको अवस्थामा आएको उनले बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले प्रविधिमार्फत श्रमशक्तिलाई जोड्ने गरि सफटवेयर बनाएर अगाडी बढेको बताए । यसैगरि श्रमिक नेताको स्मृतिमा पार्कदेखि विभिन्न अभियानसंग जोड्ने गरि काम गरिएको उनले बताए ।
कार्यक्रममा लामोसमयदेखि मेकानिक्स क्षेत्रमा योगदान दिएका जेष्ठ मेकानिक्सहरु सुदुरपश्चिमका भक्त बहादुर थापा, बलजित सिह, कणर्ाली प्रदेशका मिलन अन्सारीलाई जिफन्टका केन्द्रिय अध्यक्ष बिनोद श्रेष्ठ, नाटुका अध्यक्ष जीवन अधिकारी, पुर्व जिफन्ट महिला राष्ट्रिय अध्यक्ष गुमादेवि आचार्यले दोसल्ला र सम्मानपत्रबाट सम्मान गरे ।
देशभर ७ प्रदेशमा नाटुमा ७ हजार बढि सदस्यहरु आवद्ध छन ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.