पाचौ विश्व नेवाः दिवस, बुटवलमा अन्तरक्रिया

 

बुटवल, १२ चैत
नेवारी नया पुस्तामा नेवारी संस्कार, परम्परा, संस्कृति जगेर्ना अभियानमा लाग्नुपर्ने सरोकारवालाहरुले सुझाव दिएका छन । पाचौ विश्व नेवाः दिवसको अवसरमा नेवाः सेवा समाजले नव गठित नेवाः पत्रकार फोरमको सहकार्यमा सरोकारवाला बिच बुटवलमा शनिबार भएको अन्तरक्रिया कार्यक्रम बोल्ने बक्ताहरुले सो कुरा बताएका हुन ।
कार्यक्रममा समाजका सल्लाहकार नवराज श्रेष्ठले नेवारहरुको आफ्नै ईतिहास खोज्न जरुरी रहेको बताए । स्थानान्तरण भएका धेरै नेवार सामुदायमा आफ्नो पहिचान हराउने रुपमा रहेको भन्दै उनिहरुलाइ समेटेर संस्कार संस्कृति जगेर्नामा लाग्नुपर्ने बताए । समाज रुपान्तरणमा योगदान दिएका नेवारहरु नै आफू रुपान्तरण हुन नसक्दा पिछडिनुपरेको दुखेसो उनले गरे । बौद्धिकता र सुसुुचित गराउने गरि अगाडि बढ्न जरुरी रहेको उनले बताए ।
नेवा सेवा समितिका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले दिवसलाई आगामी दिनमा यस क्षेत्रका सबै संगठनहरु मिलेर नेवार संस्कृति पहिचान हुनेगरि मनाउन सुझाव दिए । नेवारहरु एक ठाउमा संगठित नहुदासम्म पहुचमा पुग्न नसक्ने भन्दै यसप्रति सजग भएर अघि बढ्नुपर्ने बताए। स्थानिय निर्वाचनको तयारी भैरहेको बेला नेवार समुदायबाट बढिभन्दा बढि जनप्रतिनिधि पर्ने गरि अघि बढ्नुपर्ने बताए । नेपालको आदीबासीमात्र नभई विश्व ईतिहासमा नेवार समुदायको आफ्नै गरिमा रहेको बताए । माण्डब्य बंश मुल आधार भएका नेवारहरु विश्व मानव विकासमा धेरै अगाडीबाट आएको उनले दाबी गरे । वार्षिक क्यालेन्डर बनाएर दिवस मनाउनुपर्ने सुझाव दिए ।
कार्यक्रममा भिमसेन नेवा गुठीका अध्यक्ष लिला प्रसाद श्रेष्ठले संगठनात्मक रुपमा अघि बढ्दा लुकेका धेरै संस्कार, संस्कृतिहरु बाहिर आउने उनले बताए । बुटवलमा हराईरहेको लाखे नाचलाई जगाउने काम गरेको उनले बताए । यहाँ रहेका धेरै नेवार संस्थाहरु मिलेर लोपन्मुख कालिका नाच, लाखे नाच, बासुरी जस्ता नाचहरुलाई देखाएको उनले बताए ।
कार्यबाहक संयोजक स्वस्तिक श्रेष्ठले देशको पार्टी राजनितिमा नेवार समुदायको पहुच नपुग्दासम्म नेवारमैत्री नीति बन्न नसक्ने बताए । नेवार समुदाय शिक्षा र अध्ययनलाई जोड दिनुपर्ने उनले सुझाव दिए । नेवारी नया पुस्तामा नेवारी संस्कार, परम्परा, संस्कृति हराउने क्रम रहेको नेवारी भाषाका साथै ईही, कैटा पुजा जस्ता संस्कार किन गरिन्छ भन्नेसम्म बुझेका छैनन । त्यसैकारण पनि हामी नया पुस्तालाई आफ्नो संस्कार पुस्तान्तरण गर्दै संरक्षणमा लाग्नुपर्ने अभिभारा आईपरेको उनले बताए ।
कार्यक्रममा नेवा पुच नेवा विकास समितिका सचिव लक्ष्मी श्रेष्ठ, अर्घाखाँची नेवा समितिका अध्यक्ष बाबुराम श्रेष्ठ, तिलोत्तमा नेवा मैजु खलका अध्यक्ष मिलन श्रेष्ठ, नेवा सेवा समितिका सचिव सारदा श्रेष्ठले शुभकामना दिएका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.