एक सामुदायिक वन, एक उद्योग प्राथमिकतामा छ-अध्यक्ष पाठक

 

एक सामुदायिक वन, एक उद्योग प्राथमिकतामा छ-अध्यक्ष पाठक

काठमाडौं। सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनका अध्यक्ष भारती पाठकले सामुदायिक वनमा आधारित उद्योगहरूले आर्थिक सम्वृद्धि हासिल गर्न सघाउने बताउनुभएको छ। फेकोफनले आयोजना गरेको बजार विष्लेषण तथा विकास तालिम समापनका अवसरमा अध्यक्ष पाठकले फेकोफनले एक सामुदायिक वन एक उद्दमको अवधारणा अनुरूप काम गरिरहेको बताउनुभयो । उहाँले किसान, उपभोक्ता, समूहले आफ्नो अधिकार नपाए उद्दमशिलता बढ्न नसक्ने बताउनुभयो। महासचिव बीर्खबहादुर शाहीले फेकोफनले वन संरक्षणमा स्थानीय जनतालाई संगसंगै लैजाने मात्रै होइन, क्षमता विकास, उद्यम र सहकार्यमा अघि बढेको बताउनुभयो । सचिव ठाकुर भण्डारीले उद्दमशिलताका लागि पहिला कार्ययोजना तयार पार्नु पर्ने बताउनुभयो। सामुदायिक वन उपभोक्ता समूहले वनभित्र कुन उद्योग चलाउने भन्नेबारे विधान तथा कार्ययोजना थाहा पाएको हुनुपर्ने उहाँको भनाइ छ । सहभागी धना अधिकारीले कागती खेती र अचार उद्योगले आय आर्जन गर्न सघाएको बताउनुभयो । सहभागी हुकुम सार्कीले चार दिनको तालिमले उद्दमशिलताका लागि धेरै ज्ञान दिएको बताउनुभयो। तालिममा विभिन्न जिल्लाका ३०जनाको सहभागिता रहेको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.