विद्युतीय सुरक्षा दिवसको अवसर पारेर बुटवलमा प्रभातफेरि

 

 

बुटवल । विद्युतीय सुरक्षा दिवसको अवसर पारेर बुटवलमा कर्मचारीलाई सुरक्षा सपथ तथा प्रभातफेरि कार्यक्रम गरि मनाईएको छ । नेपाल विद्युत प्राधिकरण, लुम्बिनी प्रादेशिक कार्यालयको आयोजनामा प्रभातफेरि निकालिएको हो ।

 


प्रभातफेरिमा सहभागी कर्मचारीहरुले प्रलोभनमा नपरौ, विद्युतको सुरक्षित उपयोग गरौ, सुरक्षा प्रतिको चासो, दुर्घटनाबाट बच्न साचो, विद्युत दुर्घटनाबाट बच्न सचेत रहौ, समृद्धिको लागि विद्युतको सदुपयोग गरौ, विद्युत चोरी गर्नु दण्डनीय अपराध हो, लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख नवराज ओझाले काम गर्ने कर्मचारी र उपभोक्ता दुबै पक्षलाई विद्युतिय सुरक्षाको बारेमा सचेतना जगाउन कार्यक्रम गरिएको बताउनु भयो ।
कर्मचारीहरुलाई सुरक्षा सपथ खुवाएर कार्यक्रम शुरु गरिएको उहाले बताउनुभयो । नेपालमा बिस २०७४ साल चैत २६ गते देखि प्रत्येक वर्ष दिवस मनाउन थालिएको हो । दिवसकै अवसरमा सप्ताहब्यापी रुपमा फिल्डमा खटिने कर्मचारीहरुलाई लक्षित गरि ३ दिने ब्यवहारिक सुरक्षा तालिम दिईएको थियो । तालिमलाई बुटवल वितरण केन्द्रका ईन्जिनियर सन्तोष चौधरीले सहजिकरण गर्नुभएको थियो । सानासाना कमजोरिले ठुला ठुला घट्ना घट्ने गरेको भन्दै कर्मचारी र उपभोक्ता दुवै लाई सचेताना गराउन जरुरिी रहेको उहाले बताउनु भयो । आधारभुत विद्युतिय सुरक्षा सम्बन्धि तालिमले धेरै कुरा सिकाएको सहभागि हरुले बताउनु भएको छ । तालिममा पिपिई प्रयोग, सेफ्टी ब्यवस्थापन, उपकरणहरु प्रयोग जस्ता सामान्य कुराहरु जसले सुरक्षामा धेरै महत्व दिने विषयलाई समेटेर तालिम दिईएको उहाहरुको भनाई रहेको थियो ।

 

तालिममा आकस्मिक उद्घार, मेडिकल, ईन्जिनियर जस्ता विषयहरु समेत समावेश गरिएको थियो । देशभरका वितरण केन्द्रहरुमा आआफ्नो ठाउमा दिवस मनाउदै आएका छन । कार्यालयका लेखा प्रमुख देविमाया दाहालले विद्युतिय कार्य संवेदनसिल कार्य भएको भन्दै यसमा लागेका कर्मचारीहरुलाई वर्षभरि नै तालिमहरु संचालन गरिदै आएको बताउनुभयो । राष्ट्रिय कर्मचारी युनियन लुम्बिनी प्रदेश अध्यक्ष कल्पना थापाले सचेतना कार्यक्रमहरु गरिदै जादा यसले पहिलेभन्दा दुर्घटनाको दर न्युनिकरण भएको बताउनु भयो । लुम्बिनी प्रदेशमा १ हजार ३ सय कर्मचारीहरु कार्यरत छन । अतिसंवेदनसिल खतारा विधुत् उपयोग गर्दा र काम गर्ने सिलसिलामा सावधानि नअपनाउदा बर्षेनि धेरै नागरीक,र कर्मचारीको दुर्घनाका कारण मृत्यु हुने र शारिरिक अपाङ्गाता बढ्दै गएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.