को हुन एमालेबाट सत्यवति गाउँपालिकाको अध्यक्षका उम्मेद्वार टिकाराम पाण्डे ?

 

गुल्मि सत्यवति गा. पा. अध्यक्षको लागि नेकपा एमालेले टिकाराम पाण्डेलाई उम्मेद्वार बनाएको छ भने उपाध्यक्षमा निरु तरामु लाई बनाएको छ । १) अध्यक्षका उम्मेद्वार पाण्डेको राजनितिक यात्रा | गुल्मि जिल्ला को सत्यवति गा .पा. वाड न. -१ अस्लेवामा जन्मिएका उनि २०३८ साल देखि बिद्यार्थी आन्दोलनमा सहभागिता सहित आफ्नो प्रारम्भिक राजनीतिक यात्रा शुरु गर्नु भएको थियो ।२०३० सालमा रिडि मा. वि .को स्ववियु सभापति भएका पाण्डे २०३७ साल मा प्रा .रा. मञ्च अश्लेवा को अध्यक्ष हुनुभएको थियो उक्त समयमा उहॉले भूमिगत समय पनि बिताउनु परेको थियो त्यसै क्रम मा २०४६ साल को आन्दोलनको अग्रमोर्चामा खटिनु भयको थियो ।  पहिले देखि सालिन ,भद्र , हसिला ,मन्द मुस्कान सहितको व्यक्तित्वले भरिनु भएका पाण्डेको राजनीति यात्रा आगाडी बढ्दै जानु कुनै अस्वाभाविक कुरा थिएन ।२०४७ सालमा पार्टिको को संगठित सदस्य लिनु भएका उहाँ २०४८ सालमा प्रजातांत्रिक राष्ट्रीय युवा संघ रुपन्देहिको संस्थापक कोषाध्यक्ष हुदै बुटवल नगर कमिटि सदस्य पनि हुनुभएको थियो।२०४९ मा गुल्मि इलाक़ा -२ कमिटि सदस्य हुदै गर्दा अश्लेवा गा .वि .सको दुई कार्यकाल अध्यक्ष हुन सफल हुनुभएको थियो ।आफुले पाएको जीम्मेबारि कुशलता पुर्वक सफल गर्ने क्षमता भएका पाण्डे २०५४ सालमा जिल्ला विकास समिति गुल्मिको सदस्य भई आफ्नो कार्यकाल सफलता पुर्वक सम्पन्न गर्नु भएको थियो।पार्टिका विभिन्न जिम्मेवारिमा रहनु भएका पाण्डे २०५८ सालमा गुल्मि जिल्ला कमिटि को सल्लाहकार हुनुभएको थियो भने हाल उहॉ नेकपा एमाले लुम्बिनी प्रदेश संगठन कमिटि सदस्यमा रहनु भएको छ । २) सामाजिक क्षेत्रमा पाण्डेको सहभागिता समाजमा राजनितिक संग सगै सामाजिक कार्य लाई पनि उत्तिकै महत्व दिने पाण्डे २०६७ साल देखि हाल सम्म अश्लेवा रुद्रबेनि तारकेश्वर परमानन्द सन्यास आश्रम राममन्दिरको व्यवस्थापन समिति अध्यक्ष रहनु भएको छ त्यसै गरि शैक्षिक क्षेत्रलाई असाध्य नजिक बाँट हेर्ने पाण्डेको अर्थ संयोजकत्व मा जनता नि. मा. वि. स्कुल अश्लेवा मा. वि स्कुल बन्न सफलभएको थियो भने मा. वि बाँट उच्च मा. बि बनाउंदा पनि उहाँ सल्लाहकारको भुमिका मा रहनु भएको थियो ।सत्यवति गाउपालिका को सामाजिक अर्थिक तथा विकाश निर्माण को कार्यक्रममा असाध्यै रमाउने उहा आफु पदमा नहुदा पनि केन्द्र तथा प्रदेसबाट विभिन्न शिर्षक मा बजेट ल्याई सत्यवति को समग्र विकाश को अभिभावक रहनु भएको छ लायन्स क्लब अफ काठमाण्डौ गुल्मि को सदस्य हुदै हाल ध्दितिय उपाध्यक्ष हुनुहुन्छ ।पण्डेलाई अध्यक्ष को उम्मेदार को रुप मा पाउनु नै सत्यवति गा .पाको विकाशले नयाँ आयम ल्याउने त्यहाका बुध्दिजिबि , राजनितीज्ञ हरुले बताएका छन।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.