हुँगामा दुई दर्जन काग्रेसका नेता कार्यकता एमालेमा प्रवेश एमालेको जित निश्चित पल्ली

 

हामिले जनताको मन जितेका छौ , पल्ली  

गुल्मीको छत्रकोट एक हुगाँमा दुई दर्जन बढीले नेपालि काग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका छन । हुगाको साविक ८ र ९ वडाका काग्ेसका पुराना नेता युवा हरु सहित दुई दर्जन बढी एमालेमा प्रवेश गरेपछि हुगाँमा अहिले हल्लीखल्ली मच्चिएको छ । नेकपा एमालेको घरदैलो कार्यक्रममा एमालेनेता तथा छत्रकोटका अध्यक्षपदका उमेद्धार राम प्रसाद पाण्डेले टिका लगाएर प्रवेस गराएका हुन । छत्रकोट एक हुगाँ काग्रेस नेता चन्द्र भण्डारीको वडा हो । गत निर्बाचनमा काग्रेसले जितेको वडा हो यसपालि भने आफुहरुले सजिलै जित्ने नेकपा एमालेका वडा अध्यक्षका उमेद्धार रणबहादुर पल्लीले बताउनु भयो । एमालेका पुराना इमान्दार नेताका रुपमा परिचत एमालेबाट वडाध्यक्षका उमेद्धार रणबहादुर पल्लीलाइ नेकपा एमाले पालिकामै सवैभन्दा पहिले सर्वसम्मत उमेद्धार बनाएको थियो । अहिले हुगाको मुहार फर्ने योजना लिएर हुगेलि जनताको घरदैलोमा पुगेको उमेद्धार रणबहादुर पल्लीले बताउनु भयो । उहाँले आफुहरुको योजनामा जनताको साथ रहेकोले आप्नो जित सुनिश्चित भएको बताउनु भयो । उहाले आफुजनताको घर दौलोमा पुग्दा जनता खुसि भएको भन्दै एमालेमा प्रवेश गर्ने लहर छाएको बताउनु भयो । उहाले आफुसहित पालिका का सवै उमेद्धारलाई वडामा बहुमत प्रात्त गर्ने दावि पनि गर्नु भयो । छत्रकोटमा एमालेले युवा प्रभावशालि लोकपृय नेता रामप्रसाद पाण्डेलाई पालिको अध्यक्षमा उठाएको छ । छ वडा रहेको छत्रकोटमा गतनिर्वाचनमा काग्रेस माओबादी गठबन्धनका बावजुत एमालेले चार वडा सहित पालिका जितेको थियो भने काग्रेसले दुई वडामात्र जितेको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.