सैनामैना । सैनामैनामा गठबन्धनका उम्मेदवारले झुटा तथा भ्रमपूणर् कुरा गरेको र नीति सिद्दान्त विपरित गालीगलौजमा उत्रिएको भन्दै गठबन्धन दलमा रहेका नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् ।
यसअघिको चुनावमा उम्मेदवार बनेका र पार्टीको विभिन्न जिम्मेवारीमा रहेका नेता कार्यकर्ताहरु समेत गठबन्धनबाट असन्तुष्ट भएर पार्टी परित्याग गरेका छन् । गठबन्धनको चुनाबी प्रतिस्पर्धा अस्वस्थ भएको, गालीगलौजमा उत्रिने गरेको र झुटा कुरा गरेर भ्रम छर्ने गरेको भन्दै पार्टी परित्याग गरेको माओवादी केन्द्रका पुराना नेता बुद्धिलाल थारुले बताउनुभयो । थारु यसअघिको चुनावमा माओवादी केन्द्रबाट सैनामैना-११ का वडा सदस्यका उम्मेदवार हुनुहुन्थ्यो ।
उहाँसहित सैनामैना-११, बिचौवापुरबाट विभिन्न पार्टी परित्याग गरेर डेढ दर्जन नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गर्नुभएको छ । उहाँहरुलाई पार्टी कार्यालयमा पार्टीका तर्फबाट मेयरका उम्मेद्वार बन्नुभएका एमाले नेता चित्रबहादुर कार्की, निर्वाचन परिचालन कमिटीका संयोजक तथा एमाले सैनामैनाका इन्चार्ज मिनप्रसाद पौडेल, निर्वाचन परिचालन कमिटीका संयोजक तथा एमाले सैनामैनाका अध्यक्ष चेतनारायण न्यौपाने, जिल्ला सदस्य कृष्णप्रसाद घिमिरे, चन्द्रकान्त भण्डारी, लेखनाथ खनाललगायतका नेताहरुले स्वागत गर्नुभयो ।
त्यसक्रममा मेयरका उम्मेदवार कार्कीले सैनामैनाको समृद्धिको आधारशीला तयार पारिएको र विकासका खाका समेत तय भइसकेकाले अबको कार्यकालमा सैनामैनालाई हरित सहरका रुपका विकास गर्नेगरी लाग्ने बताउनुभयो । नवप्रवेशीहरुलाई पार्टीमा उचित र प्रभावकारी जिम्मेवारी दिइने पार्टीका नगर अध्यक्ष न्यौपानेले बताउनुभयो ।
यसैगरी सैनामैना-११ जर्लैयाका वरिष्ठ समाजसेवी तथा नेपाली कांग्रेसका नेता दुर्योधन मल्ल पनि गठबन्धनबाट असन्तुष्ट हुँदै एमालेमा प्रवेशमा गर्नुभएको छ । उहाँले सुरुमा आफु एमाले नै भएपनि बीचमा कांग्रेसमा लागेको र अहिले गठबन्धन गर्दै गालीगलौजमा उत्रिएकाले गठबन्धन छाडेर एमालेमै फर्किएको बताउनुभयो ।
मल्ल त्यसक्षेत्रका अगुवा राजनीतिज्ञ तथा समाजसेवीका रुपमा स्थापित हुनुहुन्छ । उहाँसंगै उक्त टोलका अगुवाहरु पनि एमालेमा प्रवेश गर्नुभएको छ । सोही वडाको विचौवापुर गाउँबाट गठबन्धन त्यागेर विभिन्न ११ जना एमालेमा प्रवेश गर्नुभएको एमाले सैनामैनाका सहसचिव लेखनाथ खनालले जानकारी दिनुभयो ।
सोही गाउँबाट सकुन्तली थारु, विनिता थारु, सीता थारु, सोनमति थारु, गंगा थारु, धर्मराज थारु, कमला थारु, पद्भा थारु र प्रदीप थारुलगायतका कार्यकर्ताहरु एमालेमा प्रवेश गर्नुभएको एमाले सैनामैनाले जानकारी दिनुभएको छ ।
गठबन्धनमा एकदमै सत्तास्वार्थ देखियो र नीति सिद्दान्त भन्दा पनि अरु दलको विरोधमा भ्रामक र गालीगलौज मात्रै गर्ने गरेको पाइएकाले आफुले कांग्रेस परित्याग गरेको नेता दुर्योधन मल्लले बताउनुभयो । गठबन्धनले आफ्ना प्रतिवद्धता सार्वजनिक गर्ने र नारा लगाउने नाममा ओलीको विरोध मात्रै गर्ने गरेको र यसअघि भएका काममा समेत जस नदिने गरेकाले झुटको सहारा नबन्ने भन्दै एमालेमा आबद्ध हुन आएको नेता मल्लले बताउनुभयो ।