गृहमन्त्रीकै जिल्लामा ८८ वर्षिय जेष्ठ नागरिकमाथी आक्रमण स्थानीय प्रशासन मुकदर्शक

 

स्थानीय प्रशासन मुकदर्शक
अराजकताको जवाफ मतदान बाट दिने जेष्ठ नागरीक
बुटवल, बैशाख २७
बुटवलमा जेष्ठ नागरिकहरुमाथी आक्रमण गरिएको छ । मंगलबार विहान बुटवल उपमहानगरपालिका वडा नं. ८ स्थित बुद्ध गुम्वा भवनमा भईरहेको जेष्ठ नागरिकहरुको कार्यक्रममाथी सत्तारुढ पाँच दलिय गठबन्धनका कार्यकर्ताहरुले आक्रमण गरेको एमालेले जनाएको छ । जेष्ठ नगरिकलाई निर्वाचन सम्वन्धी जानाकारीमुलक कार्यक्रम भैरहेको थियो ।
जेष्ठ नागरिक ८८ वर्षिय ईश्वरी पन्थीले कार्यक्रममा मन्तव्य राखिरहेको बखत नेकपा माओवादी केन्द्रका गणेश अधिकारी र एकिकृत समाजवादीका कार्यालय सचिव बामदेव भण्डारीको नेतृत्वमा गएको समुहले आक्रमण गरेको एमालेले जनाएको छ।

 


जेष्ठ नागरिक पन्थी कार्यक्रममा बोलिरहेको बखत कार्यक्रम स्थलमा पुगेका अधिकारीले कार्यक्रम रोक्न भन्दै अवरोध गरेका थिए। गठबन्धनका कार्यकर्ताको नेतृत्व गर्दै गएका अधिकारीले ३/४ सय जेष्ठ नागरिक सहभागि कार्यक्रम बिथोलेपछि एकिकृत समाजवादीका कार्यालय सचिव भण्डारीको नेतृत्वमा कार्यक्रम स्थलमा ढुंगामुढा गरिएको थियो।
अधिकारी रुपन्देही उद्योग संघका पुर्व अध्यक्ष हुन् भने माओवादी निकट उद्योगी व्यवसायी संगठनको लुम्बिनी प्रदेश संयोजक हुन्। जेष्ठ नागरिकहरुमाथी भएको आक्रमणपछि घटनास्थल पुगेको प्रहरीले मुकदर्शक बन्दै आक्रमणकारीहरुलाई पक्राउ नगरि छोडिदिएको छ।
नेकपा एमालेले सत्ताको आडमा गठबन्धनले सुरु गरेको आक्रमणप्रति खेद व्यक्त गरेको छ। एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले सत्तारुढ गठबन्धनले ८८ वर्षिय जेष्ठ नागरिकहरुमाथी गरेको आक्रमण अत्यन्त घृणित र निन्दनिय भएको बताउनुभयो।
निर्वाचनमा हार्ने सुनिश्चित भएपछि गठबन्धनले सत्ता र शक्तिको दुरुपयोग गर्दै शिलशिलावद्ध रुपमा आक्रमणमा उत्रिएको बताउनुभयो। गृहमन्त्री बालकृष्ण खाणको गृहजिल्ला रुपन्देहीमा सोमबार साँझदेखि एमाले उम्मेदवार तथा कार्यकर्तामाथी आक्रमणका घटना भईरहेका छन्। सोमबार सांझ बुटवल उपमहानगरपालिका वडा नं. १२ का वडाअध्यक्षका उम्मेदवार शिव रेग्मी सवार गाडीमा आक्रमण गरिएको थियो भने राती तिलोत्तमा नगरपालिका वडा नं. १६ बिहुलीका सन्जीव भण्डारी र सागर रेग्मीमाथी आक्रमण भएको छ। यसैक्रममा मंगलबार राज्यबाटै सम्मानित गरिनुपर्ने जेष्ठ नागरिकहरुमाथी आक्रमण गरिएको हो।
गृहमन्त्री खाण पछिल्लो दुईसाता देखि रुपन्देहीमै छन्। गृहमन्त्री उपस्थित भएकै बखत उनकै गृहजिल्लामा भएका आक्रमणका घटनाले चुनावबाट पराजित हुने भएपछि गठबन्धन विपक्षीमाथी आक्रमणमा उत्रिएको पुष्टि भएको छ। कार्यक्रम भैरहेको अवधिमा समेत गठबन्धनको प्रचारको गाडि कार्यक्रम स्थलमा गित र प्रचार माईक बजाएर अवरोध गरीरहेका थिय ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.