एमाले कार्यकर्ताको हत्या गरेको आरोपमा माओवादीका वडाध्यक्षसहित ३ जना पक्राउ

 

एमाले कार्यकर्ताको हत्या गरेको आरोपमा माओवादीका वडाध्यक्षसहित ३ जना पक्राउ

बुटवल , बैशाख २८ रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नं. ११ की ३९ वर्षिया एमाले कार्यकर्ता जुनमाया बुढा (डोठी बुढा)को अपहरणपछि हत्या गरेको अभियोगमा माओवादीको तर्फबाट वडा अध्यक्षका उम्मेदवार कुमार सिंह, वडाध्यक्ष जयकुमार बुढा र वडाध्यक्षका भाई अर्जुन बुढा पक्राउ परेका छन् । तीनजना माओवादी कार्यकर्ताहरु कृष्ण कुमार बुढा (किशन) र विष्णु वुढा एवं जिल्ला समन्वय समितिका सदस्य जनक कामी भने फरार छन् । रुकुमपूर्वका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश डाँगीका अनुसार पुथा उत्तरगंगा वडा नम्बर ११ टक्सेरामा चुनावी प्रचारप्रसारको क्रममा माओवादी र एमाले कार्यकताबीच झडप भएको थियो । गत १९ गते भएको यो घटना २६ गतेमात्र आएर थाहा भएको हो । घटना विवरण अनुसार १९ गतेका दिन तल्लो सेरामा युथ फोर्स र तरुणदलका कार्यकर्ताहरु वसेर चनावी प्रचारको योजना बनाउँदै थिए । त्यसैवीच वाईसीएलका कार्यकर्ताले आएर ढुंगामुढा गर्नुका साथै चिर्पटले हान्न थाले । एमाले कार्यकर्ताहरु थोरै मात्र भएकोले उनीहरु भागेर माथिल्लो सेरामा पुगे । केही कार्यकर्ताहरु भागेर जाँदा कहाँ गए भन्ने पत्तो भएन । तत्पश्चात् हराएका साथी खोज्न एमाले र कांग्रेस कार्यकर्ताहरु तल्लो सेरामा आउँदै गर्दा तल्लो माथिल्लो सेराको वीचमा पर्ने टक्सेरामा भेट भयो । पीडित पक्ष एमाले भएकोले उनीहरुले अव आयन्दा यसो नगरौं भनेर माओवादीलाई जसै सम्झाउँदै थिए, उतिनै वेला पुनः झम्टिएर आक्रमण गरे । एमालेहरु प्रतिकार गर्न सक्ने अवस्थामा थिएनन् । फेरि पनि उनीहरु भागे । मृतक जुनमाया बुढाको भाई धनकुमार वुढा युवा संघको स्थानीय अध्यक्ष थिए । आफ्नो भाई कतै हराएको आशंकाले जुनमायाँ खोज्न निस्केक िथिइन् । वाईसीएलले पिटेर भगाएपछि एमाले कार्यकर्ताहरु तितरवितर भए । त्यही समयमा उनीहरुले भाई खोज्दै गरेकी जुनमायाँलाई फेला पारे र उनलाई अपहरण गरे । अपहरण पश्चात् जिल्ला प्रहरी कार्यालय, रुकुमपूर्वमा निवेदन दिए पनि खोजविनमा प्रहरकिो तत्परता देखिएन । विभिन्न प्रयास गर्दा गर्दै २६ गते मात्र टक्सेरादेखि २ घण्टा पैदल दूरीमा रहेको दानव जंगलमा उनको शव भेटियो । ‘यस अघि माओवादीले तीन जना नेता कार्यकर्ताहरु हराएको भनेर प्रहरीमा उजुरी दिएको थियो भने एमालेले दुई जना हराएको उजुरी दिउको थियो । प्रहरीका अनुसार हराएकामध्ये ४ जना २० गते साँझसम्म सम्पर्कमा आएका थिए । तर, जुनमाया सम्पर्कमा आइनन् । अन्तत ः प्रहरीले खोजी गर्दै जाँदा २६ गते उनको शव जंगलमा भेटियो। शवलाई पोस्टमार्टम गर्न बुटवल ल्याएको छ । घटनामा संलग्नहरुलाई अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ । नेकपा (एमाले) पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेशका सहइन्चार्ज दधिराम न्यौपानेले माओवादीले आधार इलाकामै कमजोर भएपछि हत्या र हिंसाको सहारा लिएको बताए । उनले अपहरण गरी हत्या गरेका आफ्ना कार्यकर्ताको पोष्टमार्टम समेत त्यता गर्न नसक्ने अवस्था सिर्जना गराइएको बताए । सो घटनाका प्रत्यक्षदर्शी नेपाली कांग्रेस पुथा उत्तरगंगा गाउँ सभापति तपश बुढाले गठबन्धनमा रहेको कार्यक्रममा माओवादी कार्यकर्ताले आक्रमण गरेको र अपहरण गरी हत्या गरेर जघन्य अपराध गरेको बताए । उनले घटनाको वास्तविकताका लागि आफैंले शव पोष्टमार्टम गर्न बुटवल ल्याएको बताए । मृतकका भाइ धनकुमार बुढाले आफ्नो दिदीको हत्या माओवादीकै कार्यकर्ताले गरेको भए पनि प्रहरीले छानबिनका लागि वास्ता नगरेको भन्दै यथार्थ विवरण बाहिर ल्याउन आग्रह गरे । नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धन भएको पुथा उत्तरगंगामा नेकपा माओवादी केन्द्रसँग समय(समयमा विवाद उत्पन्न हुने तथा दुई समूहबीच झडप हुँदै आएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.