जिवराज आश्रितको ब्यक्तित्व र कृतित्व को रक्षा गर्ने आश्रित स्मृति प्रतिष्ठानको संकल्प

 

असार ९
बुटवल । नेकपा एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृतिमा प्राविधिक शिक्षालय स्थापना हुने भएको छ।
जीवराज आश्रितस्मृति प्रतिष्ठान नेपालको नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठकले यस्तो निणर्य गरेको हो ।
बैठक आश्रित गुल्मीको हरेवाबाट बसाई सरेपछिको कर्मथलो ऐतिहासिक स्थल रुपन्देहीको साविकको सुर्यपुरा हसनापुर तथा हालको गैडहवा ८ सुर्यपुरामा सम्पन्न भएको छ । सुर्यपुरा हसनापुर जीवराज आश्रितले लामो समय विताएको, राजनिति देखि अन्य सामाजिक, शैक्षिक गतिविधिमा सक्रिय रहेको ऐतिहासिक स्थल हो । बैठकले जिवराज आश्रितको ब्यक्तित्व र कृतित्व को रक्षा गर्दै आम नेपाली नागरिकसंग पुर्याउने संकल्प गरेको छ । बैठकले आगामी आर्थिक बर्षभित्र जीवराज आश्रित स्मृति प्रतिष्ठानले कल्पना गरेको प्राविधिक शिक्षालय स्थापना गर्ने कार्यलाई अगाडि बढाउने पनि निणर्य गरेको अध्यक्ष चरण तिमिल्सेनाले जानकारी दिए ।

 


बैठकले डाक्टर मुरारी पराजुलीलाइ कार्यसमिति सदस्यमा मनोनयन गरेको छ । यस्तै बैठकले जीवराज आश्रित स्मृति प्रतिष्ठान नेपालको ११ सदस्यीय सल्लाकार समित चयन गरेको छ । सल्लाकार समितिमा नेत्र पन्थी,शिवराज सुबेदी, साबित्रा अर्याल, भोज प्रसाद श्रेष्ठ, पुरन गुरुङ,बल बहादुर आचार्य,कुमार थापा मगर,कमलप्रताप थापा,सागर न्यौपाने,बालाराम भट्टराई र कृष्ण प्रसाद पाण्डे रहनु भएको छ ।
प्रतिष्ठानलाई समयानुकुल रचनात्मक सल्लाह, सुझाव तथा प्रतिष्ठानको उद्देश्य पुरा गर्न, समग्र गतिविधि व्यवस्थित रुपमा संचालन गर्न कार्यविभाजन समेत गरेको छ । योजना तथा बजेट व्यवस्थापन संयोजक चरणदास तिमल्सेना र सदस्यहरु युवराज घिमिरे, कल्पना थापा, प्रकाश अर्याल, ऋषिराम पाण्डे रहेका छन्।
यस्तै प्राविधिक शिक्षा संचालन समितिमा संयोजक तिमल्सेना, युवराज घिमिरे, होमराज बस्याल, कल्पना थापा, कृष्ण पोख्रेल, अनन्तराज सिल्वाल, ऋषिराम पाण्डे टिकाराम न्यौपाने र सङ्ग्रहालय व्यवस्थापन तथा मर्मत संभार उपसमिती संयोजकमा युवराज घिमिरे, नारायणबाबु बस्नेत, भुमिलाल सापकोटा, बिमला श्रेष्ठ, राम प्रसाद पाण्ड टोपलाल शर्मा तालिम गोष्ठि तथा अन्तक्रिया समिति संयोजक कल्पना थापा, मोहनीलाल रिजाल, दिपक चापागाईं, राजेन्द्र क्षेत्री,अञ्जु पाण्डे निर्माण तथा मर्मत संभार समिती संयोजक नारायणबाबु बस्नेत, गोपाल न्यौपाने, नारायण अर्याल, जुना शर्मा, तुल्सीराम पाखे्रलरहेका छन्।

 


आश्रित खोज, अनुसन्धान, साहित्य समिती संयोजक डा.मुरारी पराजुली,सदस्य हरुमा टोपलाल शर्मा, दुर्गा गौतम, श्री बसुन्धरा भुसाल, डबल बहादुर बि.सी., कृष्ण प्रसाद भट्टराई,
कार्यालय व्यवस्थापन तथा प्रचार प्रसार समिती संयोजक विष्णु के.सी.,सदस्यहरु निर्मल शर्मा पाण्डे, दिपक चापागाईं, केशव भण्डारी, अप्सरा पाण्डे, कृष्ण कुमारी थापा, लक्ष्मीदेवी ज्ञवाली, हिरा बहादुर के.सी सिता खनाल रहेका छन् । यसैगरी

कला संस्कृति प्रवद्धन समिती संयोजक मोहनीलाल रिजाल सदस्यहरु अप्सरा पाण्डे, दिल बहादुर आचार्य, विजय सापकोटा
रहेका छन्। प्रतिष्ठानद्धारा निर्मित “जिउँदा जीवराज” वृत्तचित्रको प्रचार प्रसार गर्न कार्यसमिती आफै वा प्रगतिशिल बिचाराधाराका विभिन्न संगठन तथा सामाजिक संघसंस्थाहरुसँग सहकार्य गरी च्यारिटी सो गर्ने निणर्य पनि बैठकले गरेको छ । संस्थाका संरक्षक देवेन्द्र घिमिरेको प्रमुख आथित्यतामा तथा गैडहवा गाउपालिका अध्यक्ष सुरेन्द्र पौडेको विशिष्ठ आथित्थ्यतामा र भुमिलाल सापकोटाको संयोजनमा सम्पन्न वैठकले जीवराज आश्रितको ७९औं जन्मजयन्ती श्रावण १८ गते सुखि नेपाली, समृद्ध नेपालको अवधारणामा जिवराज आश्रितको भुमिका विषय गोष्ठी आयोजना गर्ने निणर्य समेत गरेको केन्द्रीय सदस्य केशव भण्डारीले जानकारी दिए।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.