नेपालगञ्जको न्यूरोडमा भानुभक्तको शालिक

 

बुटवल । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२ न्यूरोडमा आदिकवि भानुभक्त आचार्यको शालिक निर्माण भएको छ। न्युरोडको मध्यभागमा निर्माण गरिएको आदिकवि भानुभक्त आचार्यको अर्ध कदको शालिकको शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले अनावरण गर्नुभयो । त्यस क्षेत्रलाई भानु चोक नामाकरण गरिएको छ। लायन्स क्लब अफ नेपालगन्ज सिनर्जीले साढे १२ लाख रुपैयाँको लागतमा उक्त शालिक निर्माण गरेको हो ।

भानुपार्कको डिजाईन इन्जिनीयर प्रदिप भण्डारीले गरेका हुन् । भानुभक्तको शालिक मुर्तिकार महेश तुलाधरले निर्माण गरेका हुन् । त्यस अवसरमा डिजाईनर भण्डारी र मुर्तिकार तुलाधरलाई सम्मान गरिएको थियो । लायन्स क्लब अफ नेपालगन्ज सिनर्जी, नेपालगन्ज २ का तत्कालिन वडाअध्यक्ष सुनिलसिंह हमाल, संरक्षण समितिका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ लगायतको आर्थिक सहयोगमा भानुभक्तको मर्तिर पार्कको निर्माण भएको ईन्जिनियर भण्डारीले जानकारी दिए । लायन्स क्लब अफ नेपालगन्ज सिनर्जीका अध्यक्ष शिवप्रसाद दाहालको सभापतित्वमा सम्पन्न अनावरण कार्यक्रममा लुम्बिनी प्रदेशका वन, वातावरण तथा भू–संरक्षणमन्त्री सुरेन्द्र हमाल, नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्ट, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य हरिप्रसाद तिमिल्सिना, लायन्स क्लब अफ नेपाल डिस्ट्रिक ३२५ बि टुका पुर्वगर्भनर सेम शाक्य, शालिक संरक्षण समितिका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ लगायतको उपस्थिती थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.