जीवराजआश्रितबाट समकालीन नेताहरुले त्याग र विचारको राजनीतिक संस्कार सिक्नु जरुरी, उपाध्यक्ष पौडेल

 

आश्रितबाट अहिलेका समकालीन नेताहरुले त्याग र विचारको राजनीतिक संस्कार सिक्नु जरुरी, उपाध्यक्ष पौडेल
बुटवल। नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले पदका लागि जे पनि गर्न तयार हुने प्रवृत्ति त्याग्नुपर्ने बताउनु भएको छ।
जीवराज आश्रितको ७९ औ जन्मजयन्तीका अवसर पारेर जीवराज आश्रित प्रतिष्ठानले बुटवलमा आयोजना गरेको विचार गोष्ठीमा बोल्दै एमाले उपाध्यक्ष पौडेलले पद प्राप्ति नै सबैथोक हो भन्ने प्रवृत्तिले कम्युनिष्ट पार्टीलाई कमजोर बनाउने बताउनुभयो ।


माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालप्रति लक्षित गर्दै उहाले पदका लागि नै शक्तिशाली कम्युनिष्ट पार्टी विभाजन गरिएको दावी गर्नुभयो ।
नेता पौडेलले स्वर्गीय आश्रितबाट अहिलेका समकालीन नेताहरुले त्याग र विचारको राजनीतिक संस्कार सिक्नु जरुरी रहेको पनि बताउनु भयो । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक अचलराज पाण्डेले समृद्ध नेपाल सुखी नेपालीको सपनाभित्र जीवराज आश्रितको दृष्टिकोण विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।


कार्यपत्र प्रस्तुत गर्दै उहाले अहिलेको पुस्ताले जीवराजका योगदानबारे थाहा पाउन र बाटो पछ्याउन आवश्यक रहेको बताउनुभयो । मुलुकको आर्थिक अवस्था र समुन्नत समाज निर्माणका लागि आश्रितले अपनाएको दृष्टिकोण अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उहाको भनाई छ । कार्यपत्रमाथि टिप्पणी गर्दै युवा विश्लेषक माधव पौडेल र हुमराज भुसालले स्वर्गीय आश्रितको अर्थराजनीतिप्रतिको दृष्टिकोणलाई अहिलेको राजनीतिक नेतृत्वले कार्यान्वयन गर्न सक्ने हो भने मात्रै पनि मुलुक समृद्धिको यात्रामा अगाडि बढ्ने बताउनु भएको थियो ।


कार्यक्रममा जीवराज आश्रित स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष एवं संरक्षक देवेन्द्र घिमिरेले,नेताहरुले मदन भण्डारी र जिवराज आश्रितलाई एउटै नजले हेर्न नसकेकोमा चिन्ता ब्यक्त गर्नुभयो ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य शिवराज सुवेदी कुशल संगठक आश्रितको जिवनशैली र उहाले अपनाएको वाटो नै कम्युनिष्ट पार्टीको मर्म भएको भन्दै जिवराज आश्रितको ब्यक्तीत्वको विचार हस्तान्तरण गर्न सवै लाग्नु पर्ने बताउनु भयो । प्रतिष्ठानका अध्यक्ष चरणदास तिमिल्सेनाले आश्रितको जिवन शैलिको को अनुकरण र कृतित्वको रक्षा गर्दै आम नेपालियुवा पुस्तामा हस्तान्तरण गर्ने र रचनात्मक ढंगबाट प्रतिष्ठानलाई अगाडि बढाउन आफुहरु लागि पर्ने बताउनु भयो । प्रतिष्ठानका उपाध्यक्ष युवराज घिमिरे, महासचिव कल्पना थापा, युवा विश्लेषक डा. सागर न्यौपाने लगायतले आश्रितको योगदानबारे चर्चा गर्नु भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.