निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान सकियो

 

काठमाडौं । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा मुछेका पूर्वप्रधानन्यायाधीश, न्यायाधीश, अधिवक्ता, राजनीतिज्ञ सवैलाई सोधपुछका लागि बोलाउने निणर्य गरेको छ ।
मंगलबार बसेको समिति बैठकले जबराले बयानका क्रममा मुछिएका व्यक्तिलाई आवश्यकताका आधारमा बोलाएर वयानलिने निणर्य गरेको हो । जबराले बयानका क्रममा ठेक्कापट्टा, भ्रष्टाचार, अनियमितता, घुसखोरी, भनसुन, न्याय सम्पादनमा प्रभावसहितका विषयमा उल्लेख गरेका व्यक्तिलाई समितिले बोलाउने निणर्य गरेको समिति सदस्य मिन विश्वकर्माले जानकारी दिनुभयो ।
जबराले एमाले अध्यक्ष केपी ओली, एमाले उपाध्यक्ष विष्णु पौडेल, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, सर्वोच्च्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की, बार पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठ, वरिष्ठ अधिवक्ता शम्भु थापा, अधिवक्ता ओमप्रकाश अर्यालसहितधेरैकोे नाम मुछेका थिए । जबरासँग समितिले आजै बयान लिएर सकिएको छ ।
गत १ फागुनमा कांग्रेस र माओवादी केन्द्रका सांसदले जबराविरुद्ध महाअभियोग प्रस्ताव प्रतिनिधिसभामा दर्ता गरेका थिए । उक्त प्रस्ताव दर्ता भएसँगै निलम्बनमा परेका जबरासँग समितिले बयान लिने क्रममा बयानको औचित्य सकिएको बताएका थिए । संसद सकिन केहिदिन मात्रै बाकि रहदा बयान चलिरहेकाले महाअभियोग अव के हुन्छ भन्ने पनि अन्योल रहेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.