सरकारी रेकर्डमै संख्या ११ हजार नाघे डेंगु संक्रमित बास्तविक संक्रमित संख्या दोब्वर

काठमाडौं । नेपालमा डेंगु संक्रमितको सरकारी रेकर्डमै संख्या ११ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६५ जनामा हालसम्म डेंगु संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म ११ हजार ६५ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार सातवटै प्रदेशअन्तर्गतका ७५ जिल्लामा डेंगु फैलिएको छ ।
जसअनुसार प्रदेश १ मा ३४७, मधेश प्रदेशमा १९८, बागमतीमा ८३९०, गण्डकीमा २२४, लुम्बिनीमा १४२१, कणर्ालीमा १६२ र सुदूरपश्चिममा ३२३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । तर डाक्टर हरुका अनुसार रेकर्डमा नरहेका डेंगु संक्रमित विरामिको संख्या त्यसको दोब्वर रहेको बताएका छन । डाक्टर हरुका अनुसार सरकारी अस्पताल मा भन्दा बढी निजि मेडिकल र निजि अस्पताल मा उपचार गराउने डेंगु संक्रमण विरामिहरुको संख्या धेरै रहेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.