तिलोत्तमा चेम्बरले गर्‍यो आश्रममा फलफूल वितरण

 

तिलोत्तमा, ३१ भदौ ।
तिलोत्तमा चेम्बर अफ कमर्सले आफ्नो नवौं स्थापना दिवसको अवसरमा मानव सेवा आश्रम मोक्षधाममा भोजन तथा फलफूल वितरण कार्यक्रम गरेको छ ।
शुक्रबार एक कार्यक्रमका बीच चेम्बर अफ कमर्सले आश्रममै पुगेर त्यहाँ रहेका नागरिकहरुलाई भोजन उपलव्ध गराउनुका साथै फलफूल वितरण गरेको हो ।
तिलोत्तमा चेम्बर अफ कमर्सका अध्यक्ष बाबुलाल भुसालको अध्यक्षतामा भएको कार्यक्रममा एमाले रुपन्देहीका सचिव यज्ञ गैरेले संस्थाले आफ्नो स्थापना दिवसमा सामाजिक र मानवीय कार्य गरेको भन्दै यस्ता कामलाई आगामी दिनमा पनि निरन्तरता दिन सुझाव दिए ।
त्यस अवसरमा संस्थापक अध्यक्ष झविन्द्र प्रसाद कंडेल, मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष एवं संरक्षक रामजी घिमिरे, तिलोत्तमा चेम्बर अफ कमर्सका पुर्व सल्लाहकार यमदत्त सुवेदी, प्रथम उपाध्यक्ष रामचन्द्र पाण्डे, महासचिव विष्णु बराललगायतले आ-आफ्नो धारणा राखेका थिए ।
चेम्बर अफ कमर्सले बिगतदेखि नै व्यावसायिक हकहितको रक्षाका लागि विभिन्न काम गर्नुका साथै सामाजिक र रचनात्मक कार्य गर्दै आएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.