बुटवल । रुपन्देहीको तिलोत्तमा एक महिलाले श्रीमानको हत्या गरेकी छन् । तिलोत्तमा-१५ मा ३९ वर्षीया ग्रिजादेवी थारुले ४२ वर्षका जगदीश चौधरीको हत्या गरेकी हुन् ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार थारुले मंगलबार राति आफ्नै घरको कोठाभित्र खाटमा सुतिरहेको अवस्थामा फलामको धारिलो हतियारले घाँटी तथा शरीरका विभिन्न भागमा प्रहार गरी जगदीशको हत्या गरेकी हुन् । थारुको छिमेकी ५२ वर्षका फूलचन्द्र बानियाँसँग अवैध सम्बन्ध रहेको श्रीमान्ले थाहा पाएपछि पटक-पटक झगडा हुने गरेको स्थानिय हरुलेबताएका छन ।
जगदीशको हत्या गर्न बानियाँले पनि सघाएको भन्दै प्रहरीले उनलाई पनि पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले बताउनुभयो । घटनबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।