अछाममा लगातारको वर्षापछि गएको पहिरोमा पुरिएर १४ जनाको ज्यान गयो

 

अछाममा लगातारको वर्षापछि गएको पहिरोमा पुरिएर अछाममा ठुलो धनजनको क्षति भएको छ । गयराति गएको पहिरोमा पुरिएर अछाममा कम्तीमा १४ जनाको ज्यान गएको छ भने थप ४ जना बेपत्ता छन् ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख एवं डीएसपी नारायण डाँगीका अनुसार कमलबजार नगरपालिका वडा नं.-६ बीरपथमा पहिरोमा पुरिएर ४ जनाको ज्यान गएको छ भने स्थानीय वासिन्दाका ४ घर पुरिँदा उनीहरूको ज्यान गएको छ ।

पुरिएर ज्यान गुमाउने मध्येका चार जनाको शव निकालिएको छ भने उक्त पहिरोमा पुरिएर थप तीन जना बेपत्ता छन् । पहिरोमा फसेका ७ जनालाई जीवितै उद्धार गरिएका प्रहरीले जनाएको छ ।
पहिरोमा पुरिएका मध्ये कमलवजार नगरपालिका वडा नं.-६ स्थित ठाँटीखाँदका इन्द्र कामीको परिवारका ८ जनाको शब फेला परेको छ । उता तुर्माखाँद गाउँपालिका वडा नं.-५ नाडास्थित काडाचौरमा समेत पहिरोमा परी ज्यान गुमाउने मध्येका ४ जनाको शव निकालिएको छ भने थप ५ जना पहिरोमै पुरिएका छन् ।
स्थानिय बासिका अनुसार करिव पौन ३ बजे स्थानीय नेत्रबहादुर शाही र रिटबहादुर शाहीका घर पुरिदाँ उनीहरूको ज्यान गएको हो । उद्दारका लागि स्थानीय वासिन्दा सक्रिय भएपनि निरन्तरको वर्षाका कारण उद्दारमा कठिनाइ भइरहेको स्थानीय जानकारी दिएका छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.