नागरिकता विधेयक, प्रमाणीकरण भएन आजबाट निष्क्रिय

 

काठमाडौँ । राष्ट्रपति विधादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गर्नुभएको छ । बुधबार राती १२ बजेबाट प्रमाणीकरणको म्याद सकिएपछि सो विधेयक स्वतः निष्क्रिय बनेको कानुन विद हरुले बताएका छन ।
दुवै सदनबाट पारित भएर १५ दिन अगाडि नागरिकता विधेयक शीतल निवास आएको थियो ।

पुर्नविचार गर्न पठाएको विधेएक जस्ताको तस्तै पारीत गरेर पठाएपछि सो विधेयक प्रमाणीकरण नगरी राष्ट्रपति कार्यालय मौन बसेको थियो । नागरिकता विधेयक राष्ट्र हितविपति भएको भन्दै जनसमुदाएबाट समेत विरोध हुदै आएको थियो । कतिपय कानुन विद हरुले भने राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक संकट पैदागरेको आरोप लगाएका छन ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.