सत्तागठबन्धनका राजु गुरुङ, हाम्रो नेपाली पार्टीका कमल भुसालको उम्मेदवारी खारेज भएको छ

 

बुटवल, असोज २६/ रुपन्देहीको क्षेत्र नं २ बाट प्रतिनिधी सभा सदस्यमा उम्मेदवारी दिएका सत्तागठबन्धनका राजु गुरुङ, हाम्रो नेपाली पार्टीका कमल भुसाल र स्वतन्त्र उम्मेदवार हिमाल बस्यालको । तिनजना विरुद्ध निर्वाचन आयोगमा परेको उजुरी माथी छानविन गरि उम्मेदवारी खारेज गरिएको निर्वाचन कार्यालयले जनाएको छ।
निर्वाचन आयोगले मंगलबार राति सुचना जारी गरी अदालतले बैंकिङ कसुरमा जरिवना गरेकोले गुरुङ उम्मेदवार बन्न अयोग्य भएको ठहर गर्दै उम्मेदवारी खारेज भएको जानकारी दिएको हो।
गुरुङलाई अदालतले बैंकिङ कसुरमा २ हजार रुपैया जरिवाना गरेको र उक्त जरिवाना सहितको भुक्तानी दिनुपर्ने रकम नदिएको प्रमाण फेला परेपछि उनको उम्मेदवारी खारेज गरेको हो।
काठमाण्डौ जिल्ला अदालतले नर्थ वेस्ट नेपाल ईन्फ्रा प्रालिका अध्यक्ष राजु गुरुङ सहित सन्चालक हरु समेतले दिएको चेक अनादर सम्वन्धी मुद्धामा २०७८ मंसिर १२ गते उनीहरु माथी जरिवाना गर्ने फैसला गरेको थियो।
गुरुङ लगायतलाई जनही २ हजार जरिवना र २ करोड २५ लाख रुपैयाको चेक काटिएको मिति देखि २०७६ साउन ६ गते सम्मको सयकडा १० प्रतिसतका दरले कानून बमोजिमको ब्याज सहित भुक्तानी दिनु पर्ने फैसला गरेको थियो।
गुरुङहरुको उक्त कम्पनीले २०७३ साल फागुन २०गते २५ लाख, फागुन ३० गते २५ लाख चैत्र १५ गते २४ लाख, चैत्र ३० गते ५४ लाख, २०७४ बैसाख १५ गते २५ लाख, बैसाख ३० गते ३० लाख, जेठ १५ गते ३५ लाख रुपैया गरी ७ वटा चेक दिएकोमा बैंकमा चेकमा तोकिएको प्रयाप्त रकम नभएको भन्दै फिर्ता भएपछि उनीहरु बिरुद्ध उजुरी परेको थियो।
त्यस्तै रुपन्देही क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दर्ता गराएका कमल भुसाल (डा. निकोलस) विरुद्ध निर्वाचन कार्यालयमा दुईवटा उजुरी दर्ता भएको थियो।
भुसालले नेपाल सरकारले उपलब्ध गराएको छात्रवृत्ति कोटामा चिकित्साशास्त्र अध्ययन गरिरहेकोले सरकारबाट आर्थिक लाभ लिईरहेको भन्दै उजुरी परेको थियो।
त्यस्तै स्वतन्त्रबाट उम्मेदवारी दिएका हिमाल बस्यालको पनि प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन निर्देशिका २०७९ को दफा १५ को खण्ड ङ बमोजिम उम्मेदवार बन्न पाउने निजहरुको योग्यता नपुगेकोले उम्मेदवारी खारेज गरिएको सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले जानकारी दिनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.