रुपन्देही क्षेत्र नं. ५ लाई मुलुकै नमुना निर्वाचन क्षेत्र बनाउछु नेता बासुदेव घिमिरे

 

रुपन्देही क्षेत्र नं. ५ प्रतिनिधिसभा सदस्यका उम्मेदवार बासुदेव घिमिरेले रुपन्देही क्षेत्र नं. ५ लाई मुलुकै नमुना निर्वाचन क्षेत्र बनाउने प्रतिबद्धता जनाउनु भएको छ । पार्टी क्षेत्रीय समन्वय कमिटीको गैडहवाको सूर्यपुरामा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता घिमिरेले जनताका समस्यालाई बुझेर काम गर्ने भन्दै उहाले यस क्षेत्रका जनतालाई खुसि सुखि बनाउने गरी काम गर्ने बताउनुभयो । उम्मेदवार घिमिरेले विगतमा आफू नगर प्रमुख हुँदा तिलोत्तमा नगरपालिकालाई मुलुककैं उत्कृष्ट नगरपालिका बनाएको स्मरण गर्दै विकासको धेरै सम्भावना बोकेको क्षेत्र नं. ५ लाई पनि उत्कृष्ट र विकासको नमूना बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाले कुनै दिन पनि यस क्षेत्रका जनताको सिर निहुरिन नदिने भन्दै सहयोग गर्न अपिल गर्नु भयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.