रुपन्देही २ मा अनेमसंघको १ हजार ५१ सदस्यीय चुनाव परिचालन कमिटी गठन पार्टीका एजेण्डा जनस्तरमा पुराउन नेताहरुको आग्रह

 

बुटवल, ३ कार्तिक ।
अनेमसंघले रुपन्देही क्षेत्र नं २ अन्र्तगत प्रतिनिधिसभा तथा दुवै प्रदेशसभामा निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
बिहीबार आयोजित कार्यक्रममा १ हजार ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गरीएको हो । तीनै क्षेत्रमा कमिटी गठन गरेर निर्वाचनको परिचालनको जिम्मेवारी समेत दिइएको छ ।
कार्यक्रममा प्रमुख अतिथि एमाले पोलिटब्यूरो सदस्य तथा रुपन्देही २ को १ का उम्मेदार लिला गिरीले पार्टीले उठाएका महत्वपूणर् एजेण्डाहरु जनस्तरमा पुराउन आग्रह गगर्नुभएको थियो ।
पार्टी संघ तथा प्रदेश सरकारमा रहँदा गरेका विकास निर्माणका महत्वपूणर् अभियान तथा राष्ट्रिय हितका लागि पार्टीले लिएका अडानका विषयमा जनतालाई यथार्थता जानकारी दिन जरुरी रहेको उहाले बताउनु भयो । नेता गिरीले एमाले सरकारबाट बाहिरिनु परेका कारण देशले भोगेको क्षति, गठबन्धन दलले जिम्मेवारी लिएपछि भएका कमजोरी मतदातासमक्ष पुराउने जिम्मेवारी सबैले लिनुपर्ने पनि बताउनु भयो ।


अनुशासन आयोगका उपाध्यक्ष नेत्र पन्थीले निर्वाचनका समयमा पार्टीका पक्षमा लाग्न आग्रह गर्नुभयो । उहाले देशको समृद्धिका लागि एमालेको नेतृत्व आवश्यक रहेको कुरा यसअघि सरकारमा रहेका बेला गरेका कामले देखाएकाले आम मतदातालाई त्यो विषय बुझाउन आवश्यक रहेको बताउनु भयो ।
अनेमसंघ अध्यक्ष बसन्ती भुसालको अध्यक्षता सचिव कमला ज्ञवालीको संचालनमा भएको कार्यक्रममा रुपन्देही २ को २ का उम्मेदार भोजप्रसाद श्रेष्ठ, समानुपातिक उम्मेदार ज्ञानु केसी, जानकी न्यौपाने, नेताहरु शिव सुवेदी, गोमादेवी आचार्य, सावित्रा अर्याललगायतले बोल्नु भएको थियो ।
अनेमसंघको भेलाले प्रतिनिधि सभा क्षेत्र नं २ मा गोमादेवी आचार्यको संयोजकत्वमा १०५१ सदस्यीय निर्वाचन परिचालन कमिटी र क्षेत्र नं २ को १ मा ज्ञानु केसीको संयोजकत्वमा ५५१ सदस्यीय र क्षेत्र नं २ को २ मा थानकुमारी थापाको संयोजकत्वमा ६०१ सदस्यस्य निर्वाचन परिचालन कमिटी गठन भएको नेतृ गोमादेवी आचार्यले जानकारी दिनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.