हाम्रो केपी ओलि हो, पुर्ब गृहमन्त्रीले भने ५ दलको प्रधानमन्त्री को हो ?

 

 

भैरहवा, ३ कार्तिक ।
पुर्ब गृहमन्त्री निरन्जन थापाले यसपटकको मुद्दा रास्ट्रियताको मुद्दा भएको हुंदा ३ दललाई नै जिताउनु पर्ने बताउनुभयो । तिन दलले जिते नेपालको प्रधानमन्त्री केपी ओलि हो ५ दलले चुनाव जिते को हो ? प्रधानमन्त्री ? थापाले भने, यिनिहरु प्रधानमन्त्रीको कुरामै १ बर्ष लडाइँमा पर्ने मुलुक द्वन्दमा पर्ने बन्धकमा पर्ने हुंदा हामीलाई मत दिनुहोस ।

जसपाका नेता रुपन्देही क्षेत्र नं ३ क प्रदेश सभा सदस्यका उम्मेदवार महेन्द्र यादवले एमाले सहित उम्मेदवारका उम्मेदवारको बिजय सुनिश्चित भएको बताउनुभयो । उहाले मलाई एक पटक सेवा गर्ने मौका दिनुहोस यदि म तपाईंका बिचमा खरोरुपमा उत्रिन सकिन भने फेरी मत माग्न नआउने पनि यादवले बताउनु भयोे ।

सिद्धार्थनगर ४, मायादेवी गाउंपालिका वडा नं ७,८, सियारी गाउंपालिका १, बुटवल उपमहानगर पालिका १४,१५,१६ मा राप्रपा,एमाले र जसपाको वडा प्रचार प्रसार कार्यालय राप्रपाका वरिष्ठ नेता, पुर्ब मन्त्री तथा प्रतिनिधि सभा क्षेत्र नं ३ का उम्मेदवार दिपक बोहरा, जसपाका नेता तथा प्रदेश सभा सदस्यका उम्मेदवार महेन्द्र यादवले उद्घाटन गर्नुभयो थियो ।

नेकपा एमालेका प्रदेश कमिटी सचिवालय सदस्य बिश्वराज बराल अनुपले आर्थिक बिकास र समृद्धिका लागि भ्रष्टाचार बिरोधका निम्ति तालमेल भएको बताउनु भयो ।

उहाले गृहमन्त्रीको समुह पद र स्वार्थको निम्ति गठबन्धन भएको तर हामी त्यसको बिरोधमा आफुहरुले सहकार्य गरेको बताउनु भयो ं ।

राप्रपाका मायादेवी गाउंपालिकाका प्रबक्ता लेख बहादुर खड्का लेखु, राप्रपाका युवा नेता दिपक बिष्ट लगायतले मन्तव्य राख्नु भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.