निकोलस भुसालको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार

 

काठमाण्डौं । रुपन्देही २ मा प्रतिनिधि सभा सदस्यमा हाम्रो नेपाली पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराएका निकोलस भनिने कमल भुसालको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । निर्वाचन अधिकृतको कार्यालयले उहाको उम्मेदवारी खारेज गरेपछि उहाले सर्वोच्च जानुभएको थियो । उहाको मुद्दा न्यायाधीश कुमार रेग्मीको इजलाशमा परेको थियो ।
उम्मेदवारी खारेज बदर गरी पाउं भन्ने उहाको माग अनुसार अदालतले अन्तरिम आदेश नदिएपनि कार्तिक १५ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको छ । भुसालको पक्षमा अधिवक्ताहरु भिमार्जुन आचार्य र दिनेश त्रिपाठीले र विपक्षमा अधिवक्ता सुरेन्द्र भण्डारीले वहस गर्नुभएको थियो ।

अन्तरिम आदेश नदिएसंगै भुसालको उम्मेदवारी खारेजी कायम रहेको र उहाको कात्तिक १५ गतेसम्म प्रचार प्रसार गर्न नपाउने निर्वाचन कानुनमा उल्लेख छ । चिकित्सा शास्त्र अध्ययन संस्थान आईओएमका विद्यार्थी भुसाल संस्थानलाई जानकारी नै नगराई उम्मेदवारी दर्ता कारण उमेद्धारी खारेज भएको हो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.