बुटवल, कार्तिक १६ । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पूर्वाधार तथा विकासको क्षेत्रमा बुटवलले असाधारण फड्दो मार्ने दाबी गर्नुभएको छ । यहाँ सुरु गरिएका ठूला बिकासका आयोजनाहरु सम्पन्न भएपछि यहाँको बिकास मुलुककैं लागि नमूना देखिने उहाँको दाबी छ । बुटवल-११ प्रगतिनगरमा बुधबार मतदाताहरुसँग अन्तरक्रिया गर्दै पौडेलले यहाँ सुरु गरिएका ठूला पूर्वाधार निर्माणका कामलाई कसैले पनि राजनीतिक रङ्ग नदिएर सम्पन्न गर्दा यहाँका बासिन्दाको जीवनस्तरमा उल्लेख्य सुधार हुने दाबी गर्नुभयो ।
प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहनु भएका पौडेलले तिनाउ-दानव करिडोर निर्माण भएपछि बुटवल नमूना शहरको रुपमा बिकास हुने दाबी गर्नुभयो । कोरिडोर निर्माणको नाममा यहाँका कुनै पनि बासिन्दालाई बिचल्लित नपारिने उहाँले स्पष्ट पार्नुभयो । नदी नियन्त्रण गरी व्यवस्थि शहर निर्माण गर्ने उद्देश्यले कोरिडोर निर्माणको काम अघि बढाइएको बताउँदे उहाले कोरिडोर क्षेत्रमा पर्ने घर-परिवारलाई समेत व्यवस्थित र सुरक्षित स्थानमा व्यवस्थापन गरिने बताउनुभयो ।
कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य तथा लुम्बिनी प्रदेशका पूर्व मन्त्री लिला गिरीले एमाले सरकारमा सुरु गरिएका पूर्वाधार निर्माण र विकासका कामलाई पूणर्ता दिनका लागि मंसिर ४ मा जनताले सुर्यमा मतदान गर्न आग्रह गर्नुभयो । जनताको समस्या बुझ्न र बिकासका लागि नेकपा एमालेको नेतृत्व अनिवार्य रहेको बताउँदे उहाँले आगमी मंसिर ४ मा जनताले एमालेकै पक्षमा फैसला गर्ने दाबी गर्नुभयो । यसैगरी बुटवलमा निर्माण हुँदे गरेको महत्वकांक्षी योजना तिनाउ-दानव कोरिडोरले यहाँको जीवनस्तरमा उल्लेख्य परिवर्तन ल्याउने दाबी गर्नुभयो ।