१६ कात्तिक, रुपन्देहि ।
मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावलाई लक्षित गरी लुम्बिनी प्रदेशस्तरीय सुरक्षा वैठक बुटवलमा शुरु भएको छ । प्रदेशका १२ वटै जिल्लाका विभिन्न सुरक्षा निकायका प्रमुख र प्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारीहरुको सहभागिता रहेको वैठकको उद्घाटन गर्दै गृहमन्त्री बालकृष्ण खाँणले आगामी निर्वाचन शान्तिपूणर्रुपमा सम्पन्न हुने विश्वास व्यक्त गर्नु भयो । ‘राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायसँगको समन्वयमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुने उहाले बताउनु भयो ।उहाले आगामीे निर्वाचन सम्पन्न गर्न सबैको सहयोग आबश्यक हुने उहाले बताउनु भयो । गृहमन्त्री खाणले नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो दायित्व भएको बताउँदै नागरिकको सुरक्षा र सम्पत्तिको रक्षाका लागि सरकार सधैँ प्रतिवद्ध रहेको पनि बताउनु भयो । सुरक्षा बैठकमा प्रदेशको सुरक्षा अवस्था र आगामी निर्वाचनबारे छलफल भैरहेको छ । लुम्विनि प्रदेका बैठकमा १२ वटै जिल्लाका विभिन्न सुरक्षा निकायका प्रमुख र प्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारीहरुले जिल्लाको सुरक्षाको अवस्था अव अपनाउनु पर्ने सुरक्षा रणनिति का बारेमा छलफल भएको छ । बैठमा निर्वाचन वहिष्कार गर्दै बिथोल्ने खालका गतिविधि नियन्त्रणका विषयमा पनि छलफल हुने सुरक्षा बताइएको छ ।