विष्णु पौडेललाई बामदेव नेतृत्वको एकता अभियानको समर्थन

 

बुटवल । रुपन्देही-२ मा बामदेब गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानले प्रतिनिधिसभा सदस्यमा विष्णु प्रसाद पौडेललाई समर्थन गरेको छ । बुटवलमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश ईन्चार्ज महेन्द्र अर्यालले पौडेल एमाले पार्टीका लागि मात्रै नभएर सिंगो राष्ट्रका लागि आवश्यक पात्र भएकाले समर्थन जनाएको बताए ।
उनले भने, ‘विष्णु पौडेल सिंगो बामपन्थी आन्दोलनलाई एकीकृत गरेर लैजानुपर्छ भन्ने मान्यता बोकेका व्यक्ति हुन् । नितान्त एमाले मात्रै नबुझेर उहाँ राष्ट्रको नेता हो । राष्ट्रका लागि आवश्यक नेता हो ।’ नेकपा एकता अभियानका रुपन्देही जिल्ला इन्चार्ज राधेश्याम गुप्ताले रुपन्देही-२ मा आफूहरुको २५ सय मतदाता रहेको दावी गरे ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.