सुकुम्बासी समस्या समधानका लागि एमाले प्रतिबद्ध,लिला गिरी

 

बुटवल, २४ कार्तिक । लुम्बिनी प्रदेशका पुर्व मन्त्री तथा नेकपा एमाले रुपन्देही क्षेत्र नं. २ (१) का उम्मेदवार लिला गिरीले सुकुमबासी समस्या समधानका लागि एमाले प्रतिबद्ध रहेको बताउनुभएको छ । आज बुटवल ११ मा भएको घरदैलो अभियान कार्यक्रमा बोल्दै उहांले अव्यवस्थित, भुमिहिनहरुको समस्या एमालेले मात्र बुझेको भन्दै अब एमालेले अरु पार्टीले जस्तो आश्वासन नदिई हातहातमा लालपुर्जा दिने बताउनुभयो । एमाले सरकारमा रहंदा जग्गा नापजांचको कामसम्पन्न भई लालपुर्जा दिनै लाग्दा सरकार बाट बाहिरिदा लालपुर्जा वितरणको कार्य हुन नपाएको बताउंदै नेता गिरीले अब सरकारमा पुग्न साथ विधि र प्रक्रिया अनुसार अव्यवस्थित र भुमिहिनहरुलाई लालपुर्जा वितरण गरिने बताउनुभयो । शक्तिशाली भुमि आयोगबाट काम भइरहेको अवस्थामा अव्यवस्थित र भुमिहिन विरोधी तत्वहरुले सडयन्त्र पुर्वक मुद्धा मामिला गरेर लालपुर्जा वितरणको कार्य रोकेको समेत उहांले बताउनुभयो । साथै उहांले तिनाउ दानव कोरिडोरको विकास गर्दा स्थानियलाई व्यवस्थापन प्रमुख प्राथमिकतामा राखिने बताउनुभयो । उहांले बेलबास-बेथरी सडक निर्माणधिन अवस्थामा रहेको बताउंदै यो आयोजनालाई छिटो सम्पन्न गराउने पहल गर्दै यो सडकलाई पर्यटनको विकास संग जोड्ने योजना एमालेले बनाएको बताउनुभयो । साथै एमालेले सरकारमा रहदा वा नरहदा पनि सधै जनताका समस्या, भावना बुझ्ने गरेकाले अबको निर्वाचनमा पनि जनताले एमालेलाई स्वीकार गर्नुको विकल्प नरहेको बताउंनुभयो । साथै उहांले मुलुकको स्थीरता र समृद्ध विकासका लागि एमालेको सरकार आवश्यक रहेको भन्दै गठबन्धनबाट जनताको आशा मरिसकेको बताउनुभयो । गठबन्धन सरकारका गतिविधिले संघियता माथी नै प्रश्न उठ्न थालेको बताउंदै नेता गिरीले एमालेले सरकारमा नेतृत्व गर्न साथ संघियताको मर्म र भावना जनतालाई अझ बढि बुझाउंदै संघियतालाई बलियो बनाउन तर्फ लाग्ने बताउनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.