कृषि विकासका लागि बासुदेव घिमिरेका योजना निःशुल्क भेटेनरी सेवादेखि जैविक मल उत्पादनमा प्रोत्साहनसहितका १८ प्रतिवद्धता

 

बुटवल ।
रुपन्देही क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार बासुदेव घिमिरेले कृषि तथा पशुपालन क्षेत्रको विकासका लागि १८ वटा प्रतिवद्धता अगाडि सारेका छन् ।
तिलोत्तमा नगरपालिकालाई देशकै नमुना नगरपालिकाको रुपमा विकास गरेर चर्चामा आएका घिमिरेले रुपन्देहीको क्षेत्रनम्बर ५ को कञ्चन गाउँपालिका, सैनामैना नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका क्षेत्रलाई समेटेर कृषि तथा पशुपालन क्षेत्रमा दशकै नमुना बनाउने योजना बनाएका हुन् ।
घिमिरेले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा निर्वाचन क्षेत्रभित्र रहेका खेतीयोग्य जमिनलाई सिंचाईका लागि ईंगुरिया, बनरहवा, पहिला खोला, तेलहरा, कोठी र कञ्चन, दानव नदी र विभिन्न तालबाट लिफ्टको व्यवस्था मिलाएर सिंचाईंको व्यवस्थापन गर्ने योजना बनाएका छन् ।
घिमिरेका अनुसार चालु अवस्थामा नभएका डीप ट्युबेललाई सञ्चालन गर्ने, व्यवसायिक कृषि तथा पशुपालनलाई प्रोत्साहित गरिने छ भने कृषि वाली, पशु विमालाई अनिवार्य गर्ने गरी योजना अगाडि बढाएका हुन् ।
आवश्यकता र जनताको माग अनुसारको कृषि पकेट निर्माण गर्ने, कृषिलाई व्यवस्थित गर्न, सहुलियत दिन विभिन्न क्षेत्रमा किसान कार्डको योजनासमेत उनले अगाडि बढाएका हुन् । निर्वाहमुखी कृषिलाई व्यवसायीकरण गर्दै सामुहिक तथा सहकारी कृषि, पशुपालन कार्यमा लाग्ने कृषकहरुलाई प्रोत्साहन गर्नका लागि अनुदानको व्यवस्थापन गर्ने समेत उनको योजना रहेको छ । प्रतिनिधि सभा सदस्य उम्मेद्बार घिमिरे भन्छन्-ॅपशुपालक कृषकको लगानी सुरक्षित गर्न पशु विमा कार्यक्रम, आधारभूत निःशुल्क भेटेनरी सेवा उपलब्ध गराउनेसमेत हाम्रो योजना रहेको छ ।’
उनका प्रतिवद्धतामा किसानको लागि समयमा नै मलको व्यवस्थापन गर्र्नको लागि पूर्वतयारी गर्ने, कञ्चन बाँधलाई पुनःनिर्माणसहित पालिकाका किसानको हितमा हुने गरी व्यवस्थित गर्ने, रसायनिक मलको सट्टामा जैविक मल उत्पादन र प्रयोगमा जोड दिने कार्यक्रम रहेको छ ।
यस्तै जग्गाको दीर्घकालीन विकासका लागि गुरुयोजना बनाएर लागू गर्ने, वन क्षेत्र, सहरी क्षेत्र, कृषि क्षेत्र, औद्योगिक क्षेत्रको विभाजन गरी सोही अनुसारको विकास गर्ने योजना उनले अगाडि बढाएका छन् । यस्तै रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ का नदी तथा खेलाहरुबाट हुने भूक्षय नियन्त्रणका लागि तटबन्धसहितको आवश्यक पूर्वाधार निर्माण, वन चुरे पहाड, तालतलैयालगायत प्राकृतिक सम्पदाको संरक्षणसहित विविध कार्यक्रम सञ्चालन गर्ने र कोठी खोला, कञ्चन खोला, दानव खोला लगायतका नदीमा जलाधार संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने योजना उनले बनाएका हुन् ।
यो निर्वाचन क्षेत्र अन्र्तगत प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार बासुदेव घिमिरे, प्रदेश सभा निर्वाचन क्षेत्र ५(१)मा भुमिश्वर ढकाल, ५(२)मा रामचन्द्र यादव चुनावी मैदानमा रहेका छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.