पूर्वाधार विकास नै समुन्नत रुपन्देहीको आधार मतदाता

 

बुटवल, ३० कात्तिक ।
पूर्वाधार विकासकै कारण रुपन्देही देशकै नमुना जिल्ला बन्दै छ । निर्माण सम्पन्न भएका र सुरु भएका दर्जनौ योजनाको कार्यान्वयनले विकासको नमुना र अगुवा जिल्लाका रुपमा रुपन्देहीको रुप फेरिँदै गएको हो । पछिल्लो डेढ दशकलाई तुलना गरेर हेर्दा जिल्लाले विकासमा छलाङ मारेको छ ।
यो क्षेत्र विकासकलाई यो उचाइमा पुर्याउने जस यहाँका जनप्रतिनिधिलाई नै जानेगर्दछ । विकासको बलियो जग बसालेका विष्णु पौडेल पटकपटक अर्थमन्त्री तथा मन्त्री हुँदाको फाइदा जिल्लाले पाएको यहाँका मतदाताको भनाइ छ । उनै पौडेल पुनः प्रतिनिधि सभाका सदस्यका उम्मेदवार बनेका छन् । यो क्षेत्र नं २ मात्र नभई समग्र रुपन्देहीबासीका लागि खुशीको कुरा भएको बताउँछन् बुटवल- १३ का अगुवा तुलसीराम पौडेल ।
जिल्लामा सुरु भएका योजनाको पूणर्ता र नयाँ योजनाको थालनी गर्न अहिलेको अवस्थामा पौडेलको विकल्प नभएको उनको भनाइ छ । “पार्टीभित्र मात्रै होइन अरु पार्टीमा समेत पौडेललाई टक्कर दिने नेता छैनन्”, तुलसीराम भन्छन् ।
पौडेलकै नेतृत्वमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो चरण सम्पन्न भई सञ्चालनमा आएको छ र दोस्रो चरणको निर्माणकार्य सुरु हुँदैछ । बिमानस्थल निर्माणले यो क्षेत्रका उद्योगी व्यवसायी हौसिएका छन् । यसको दीर्घकालीन योजना बनाएर निरन्तर अन्तर्राष्ट्रिय उडान हुने हो भने रुपन्देहीले विकास ठूलो फड्को मार्ने बताउँछिन् लुम्बिनीका पर्यटन व्यवसायी मिरा गौतम ।
पौडेल रुपन्देहीबाट पहिलोपटक प्रतिनिधिसभामा चुनिएपछि बुटवल-बेलहिया छ लेन सडक, निर्माण सुरु भएको थियो । अहिले यो सडक हेर्न लायक बनेको छ । चौराह गोलपार्क सडक मुद्दामामिलाका कारण निर्माणकै क्रममा रहेपनि चौराहादेखि बेलहियासम्मको सडक निर्माण पूरा भएपछि बुटवल भैरहवाको दूरी छोटिएको छ ।
भुमही-परासी-भैरहवा-लुम्बिनी-तिलौराकोट सडक, तिनाउ र दानव नदीमा दर्जन बढी डबल लेनका मोटरेबल पुलहरू, बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, तामनगरमा कोरिया-नेपाल बहुप्राविधिक शिक्षालय (केएनआईपी) को स्थापना, शंकरनगर वनवाटिकामा बुहउद्देश्यीय भवन, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला तथा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी लगायतका क्षेत्रमा अनेकौँ पूर्वाधारहरू निर्माण हुनुले यो क्षेत्र विकासको अगुवा नै बनेको छ । सैनामैना चक्रपथ र बेलबास-बेथरी सडकको अधिकांश काम सम्पन्न भएको छ । कालिका पथ, बुटवल-नारायणघाट छ लेन सडक, तटबन्धसहितको तिनाउ-दानव कोरिडोर सडक, लुम्बिनी गुरु योजना, कालीगण्डकी-तिनाउ बहुउद्देश्यीय नदी डाइभर्सन आयोजना, सिद्धबाबा सुरुङमार्ग र सिद्धार्थ राजमार्गको बुटवल-पोखरा खण्डको स्तरोन्नतिका लागि प्रक्रिया शुरु भएको छ ।
तिनाउ नदीमा सिग्नेचर पुल, बुटवल-गोरुसिङ्गे-चन्द्रौटा छ लेन सडक, झुम्साखोला खानेपानी आयोजना, तिलोत्तमामा सरकारी स्वामित्वको मेडिकल कलेज, लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नति, बुटवल मण्डपमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल, देवदहमा बहुविषयक लुम्बिनी बौद्ध विश्वविद्यालयको पूर्वाधार निर्माणका लागि प्रक्रिया थालिएको छ ।
लुम्बिनी वाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालयमा स्तरोन्नति, कर्साघाटमा आधुनिक पूर्वाधारसहितको कृषि उपज केन्द्र, ऐतिहासिक बोलबम धामको पूर्वाधार, जितगढी लगायतका पुरातात्विक सम्पदा क्षेत्रको संरक्षण र विकासको कामको थालनी भएको छ ।
सैनामैनामा लामीरह बाँधसहितको पर्यटकीय पूर्वाधार, सैनामैनामै आधुनिक प्रविधिसहितको फोहोर मैला प्रशोधन केन्द्र, विद्युत् प्रसारण लाइन भूमिगत गर्ने कार्य, बिटिआईलाई इन्जिनियरिङ कलेजमा स्तरोन्नति, मोतीपुर औद्योगिक क्षेत्र, मुर्गिया र रामापुरबाट लुम्बिनी जाने सडक, बेलबास-नुवाकोट-दोभान सडक, सैनामैनामा जेष्ठ नागरिक संरक्षण ग्राम र प्राकृतिक चिकित्सालय तथा योग केन्द्र निर्माण, सहरी क्षेत्रमा ओभरहेड ब्रिजसहितको पूर्व पश्चिम रेलमार्ग, कणर्ेल उजीरसिंह रङ्गशाला लगायतका आयोजना सम्पन्न हुँदा रुपन्देहीले विकासमा धेरै जिल्लालाई पछाडि छाडेको हुनेछ ।
रुपन्देही -२ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार पूर्वअर्थमन्त्री पौडेलले रुपन्देहीलाई विकासका दृष्टिले देशकै नमुना बनाउने उद्देश्यका साथ विगतदेखि नै पूर्वाधार विकासलाई प्राथमिकता दिँद विभिन्न योजना अघि सारेका छन् ।
संघ, प्रदेश र स्थानीय तह बीचको समन्वय र सहकार्यमा यस क्षेत्रका सबै सडकहरूलाई पाँच वर्षभित्र ढल निकास र नालीसहित कालोपत्रे गर्ने योजना पौडेलले प्रतिबद्धता पत्रमा समेटेका छन् ।
निर्माणाधीन अवस्थामा रहेका तिनाउ-दानव कोरिडोर सडक, सैनामैना चक्रपथ, तिलोत्तमा चक्रपथ, कालिका पथ, बेलबास-बेथरी सडक, मुर्गिया-सूर्यपुरा-लुम्बिनी सडक, बेलबास- नुवाकोट-दोभान सडक कालोपत्रेसहित स्तरोन्नती गरिने छ ।
यस्तै ड्राइभरटोल-शिवपुर र ड्राइभरटोल-पडसरी सडक, मेजर रोड, गोलपार्क-गणेशस्था – फूलबारी-जितगढी-बँदेलपोखरी-तामनगर सडक, राजमार्ग चौराहदेखि मेडिकल कलेज जोड्ने अभियानपथ र तपाहा लाईन शिवपुर सडक स्तरोन्नती गरिने छ ।
देवीनगर चौपारी-योगीकुटी शान्तिचोक-पश्चिम पहुनी सडक, रानीबगिया-कचल-रिब्दीकोट सडक, तामनगर-महापुर-पालुङ्ग-बतासे सडक, मुर्गिया-जुठापैवा-बल्डेङ्गगढी सडकलगायतका महत्वपूणर् सडकहरूको नाली र कालोपत्रेसहित निर्माण र स्तरोन्नति गरिने पौडेलले सार्वजनिक गर्नुभएको प्रतिबद्धतापत्रमा उल्लेख छ ।
बुटवल बाईपास तथा लिङ्करोडअन्तर्गत धागो कारखाना- योगीकुटी- मगरघाट-बेलभरिया – कर्साघाट सडक, मिलनचोक-देवीनगर-हात्तीसुँढ-नहरपुर-बेलबास सडक, रङ्गशालापथ, चाँदबारी-शिवनगर सडक, नयाँगाउँ-बेलबास सम्पर्क सडक, मैनाबगर- श्रीरामनगर- जितगढी सडक पूर्वाधार निर्माण सम्पन्न गरिने जनाइएको छ ।
यसअन्तर्गत निर्वाचन क्षेत्रभित्रका अन्य महत्वपूणर् सडकहरूलाई पनि समावेश गरिने छ । टप मजुवा र बसपार्क जोड्ने तिनाउ नदीमा मोटरेबल पुल निर्माण गरिने पौडेलको प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।
निर्वाचन क्षेत्रअन्तर्गतका ठाडा खोला, खोल्सी, नहरहरूमा आवश्यकताअनुसार कल्भर्ट निर्माण गरी बस्तीहरूमा यातायातको सुविधा सहज बनाइने छ ।
सहरका आवश्यक स्थानहरूमा प्रतीक्षालय, यात्रु विश्राम स्थलहरू निर्माण गरिने छ । अवस्था हेरी सडक निर्माण गर्दा साइकल लेन तथा अपाङ्गमैत्री संरचना निर्माण गरिने छ । नयाँगाउँ स्थित ट्रान्सर्पोट भिलेजको पहुँच मार्ग र बाँकी पूर्वाधारहरूको निर्माण सम्पन्न गरिने पौडेलको प्रतिबद्धता छ ।
“सुरु भएका योजना पूरा गर्न र नयाँ योजनाको थालनी गर्न म निर्वाचन लडेको छु । यी योजना कार्यान्वयनपछि रुपन्देही विकास हेर्न आउने र सिक्ने थलोका रुपमा परीणत हुने छ”, उम्मेदवार पौडेल भन्नुहुन्छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.