भाषा, साहित्य, कला,सङ्गीत र लोकसंस्कृतिको संरक्षण गर्ने तीन दलको प्रतिबद्धता

 

भैरहवा, कार्तिक । राप्रपा, नेकपा एमाले र जसपा पार्टीका साझा उम्मेदवार दिपक बोहराले भाषा, साहित्य, कला,सङ्गीत र लोकसंस्कृतिको संरक्षण गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
राप्रपाका वरिष्ठ नेता बोहराले रुपन्देही जिल्ला त्यसमा पनि क्षेत्र नं ३ मा जन्म थलो तथा कर्म थलो रहेका धेरै साहित्यकार, कलाकार, संगितकारहरुको भाषा साहित्यको संरक्षणमा ठूलो योगदान रहेको बताए ।
उनले भने, “नेपालको कला संस्कृति र भाषा साहित्यको संरक्षण र प्रबद्र्धनमा यस क्षेत्रका धेरै बिद्धानहरु जस्तो कि बूँद राना, कपिलदेव लामिछाने, बालकृष्ण सर, वनमाली निराकार, उमेशचन्द्र रिजाल, मोदनाथ शास्त्री,रुद्र ज्ञवाली, डिबी पुन, उन्नती बोहरा, हेमन्त शर्मा लगायत सयौँ बिद्धानको योगदानलाई कसैले भूल्न सक्दैन ।”
राप्रपा,एमाले र जसपाबाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार दिपक बोहरा, क्षेत्र नं ३ क प्रदेश सभा सदस्यका उम्मेदवार महेन्द्र यादव, ३ ख का प्रदेश सभा सदस्यका उम्मेदवार तुल्सी प्रसाद चौधरीले आफ्नो प्रतिबद्धता पत्रमा बिभिन्न समुदायको भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण र सम्बद्र्धन गरिने, साथै विकासका लागि बहुसाँस्कृतिक तथा बहुभाषी गोष्ठीहरु सञ्चालन गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् ।
मठ, मन्दिर, गुम्बा बिहार, मदरसा र चर्चको संरक्षण तथा तिनको विकासका लागि कोष खडा गरि दिगोरुपमा सञ्चालनको ब्यवस्था मिलाइने, कला साहित्य संस्कृतिको अध्ययन अनुसन्धानका लागि भइरहेका प्रतिष्ठानहरुलाई सहयोग गरिने प्रतिबद्धता रहेको छ । त्यसैगरि पुस्तकालय, वाचन कला, खुल्ला विद्यालय, आमा समुह, टोल समुह, विकास केन्द्र र नगर क्षेत्र भित्र रहेका नीजि, सार्वजनिक, सामुदायीक वा ब्यावसायीक संघसंस्थाहरुसंग सह कार्य गरिने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।
नाट्य कलाको विकासका लागि थिएटर हाउस(नाट्य घर)को ब्यवस्था मिलाइने, सुद्धोधन गाउँपालिका वडा नं ३ मा रहेको सियाभार मन्दिर र सुद्धोधन गाउँपालिका ५ मा रहेको दर्बाहाको संरक्षण-सम्बद्र्धन र विकास गरिने ३ दलले प्रतिबद्धता ब्यक्त गरेका छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.