एमालेको जितलाई कसैले रोक्न सक्दैन पहिलेको भन्दा बढी मतान्तरमा जित्ने निश्चित छ, ज्ञवाली

 

नेकपा एमालेका नेता तथा गुल्मि क्षेत्र नम्वर एका प्रतिनिधि सभाका उमेद्धार प्रदीप कुमार ज्ञवाली ले मतदाताको अपारमाया पाएको बताउनु भएको छ । घरदैलो का क्रममा आप्नो क्षेत्रका जनताले आफुलाई गरेको अपार संद्भावले थप उर्जा मिलेको बताउदै उमद्धार ज्ञवालिले यसअघिको निर्वाचनमा पाएको भन्दा बढी मत ल्याएर आफुले चुनाव जित्ने दावि गर्नु भयो ।

पुर्व परराष्ट्र मन्त्री समेत रहनु भएका ज्ञवालिले गुल्मीको रेसुङ्गा नगर पालिकामा भएको चुनावि सभालाई सम्बोधन गदै विगतमा गुल्मीको विकास लागि आफुले योगदान गरेको आगामिदिनमा पनि जनताको समस्या बुझेर काम गर्ने बताउनु भयो । नेता ज्ञवालिले विगतका कामको कारण पनि आफूलाई त्यहाँका जनताले चुन्ने र नेता ज्ञवालिले विपक्ष हरु भ्रम फैलाउदै हिडेपनि जनतालेनै यसको प्रतिरोध मतदान बाट दिने बताउनु भयो ।

५० वटा वडादेखि पालिका केन्द्रसम्म जाने पिच सडक, बन्दै गरेको अत्याधुनिक ५० बेडको जिल्ला अस्पतालको पूणर्ता , रिडी-तम्घास सडक, कालीगण्डकी करिडोरको पूणर्ता, मदन भण्डारी राजमार्गको पूणर्ता, प्रत्येक पालिकामा अस्पताललगायतका योजना र ‘पुराना कामलाई पूणर्ता दिने नयाँ परिवर्तनकारी योजना सुरु गर्ने पनि नेता ज्ञवालिका योजना रहेका छन । गुल्मी क्षेत्रनम्वर २मा यहि चुनावि अभियानमा मात्रै दुइहजार बढी काग्रेस माओबादी र अन्यदल छोडेर एमालेमा प्रवेश गरेका छन ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.