मंसिर ३ बुटवल, मोटरसाईकल दुर्घटनामा रुपन्देहीका पत्रकार एनबी कंडेल (नरबहादुर कंडेल) को निधन भएको छ।
गएराति सवा सात बजे तिलोत्तमा २ जानकीनगर स्थित सिद्धार्थ राजमार्गमा सिमेन्ट घोल्ने रेडिमिक्सले ठक्कर दिंदा कंडेलको निधन भएको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुटवलबाट भैरहवा तर्फ जादै गरेको लु ४४ प ८२०१ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जादै गरेको लु १ क ५२७६ रेडिमिक्सले मोटरसाइकलमा सवार कंडेललाई ठक्कर दिएको थियो । रेडिमिक्सको ठक्करबाट गम्भिर घाईते कंडेललाई लुम्बिनी प्रादेशिक अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। कंडेललाई ठक्कर दिएर भागेको रेडिमिक्स र चालकलाई प्रहरीले भैरहवाबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ । विगत ढेड दशकदेखि पत्रकारितामा आबद्ध कंडेल हाल रुपन्देहीबाट सञ्चालित ग्लोबल आवाज डटकममा सम्पादक थिए। रुपन्देही सैनामैना नगरपालिका १ रानीबगिया निवासी ३५ बर्षीय कंडेलका श्रीमती, ६ वर्षिय छोरा र ५ महिनाकी छोरी छन्।