बुटवल पुष ६ । बुटवलको १६ छत्तिस कुलाको किनारमा अन्दाजी ३५ बर्षिय एक महिलाको मृत्य अवस्थामा शव फेला परेको छ। बुटबल उपमहानगरपालिका वडा ९ र वडा ११ को बिचमा पर्ने उक्त कुलाको किनारामा बुधबार बिहान शव फेला परेको हो। कुलामा बगाउने पानी नभएकाले रातीको समयमा कसैले लिएर फालेको हुन सक्ने स्थानीयले बताएका छन्।कुलाको किनारमा शव फेला परेको स्थानीयले खवर गरेपछि ईलाका प्रहरी कार्यलय बुटवलबाट खटिएको प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। उक्त महिलाको पहिचानका लागि अनुसन्धान थालिएको प्रहरीले बताएको छ।